default_image

3 years ago

May 19, 2021

युनाइटेड बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा म्यानचेस्टर युनाइटेड रेलिगेसनमा परिसकेको फुलहमसँग बराबरीमा रोकिएको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा अग्रता लिएपनि युनाइटेड १-१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । एडिन्सन काभानीले खेलको १५ औं मिनेटमा सानदार गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । १० हजार घरेलु समर्थक उपस्थित रहेको खेलमा […]

28 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा म्यानचेस्टर युनाइटेड रेलिगेसनमा परिसकेको फुलहमसँग बराबरीमा रोकिएको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा अग्रता लिएपनि युनाइटेड १-१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।

एडिन्सन काभानीले खेलको १५ औं मिनेटमा सानदार गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । १० हजार घरेलु समर्थक उपस्थित रहेको खेलमा काभानीले झन्डै ४० यार्ड टाढाबाट गोल गरेका थिए । गोलरक्षक डेविड डे हेयाको लामो पासलाई ब्रुनो फर्नान्डेसले हल्का फ्लिक गरेपछि आएको बललाई काभानीले गोलरक्षक अघि बढेको अवस्थामा पहिलो टचमा नै प्रहार गर्दै गोल गरेका थिए ।

दोस्रो हाफमा युनाइटेडले अग्रता जोगाउन सकेन । खेलको १५ मिनेट बाँकी रहेको अवस्थामा फुलहमले बराबरी गोल फर्काएको थियो । जो ब्रायनले बबी देकोर्दोभा रिडको क्रसलाई फार पोस्टबाट गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि गोल हुन नसक्दा दुवै टोलीले १-१ अंक बाँडे ।

यस बराबरीले म्यानचेस्टर युनाइटेडको ३७ खेलमा ७१ अंक भएको छ । फुलहमको ३७ खेलमा २८ अंक छ । लिगको अन्तिम खेलमा अब युनाइटेडले वल्भ्सको सामना गर्नेछ । त्यस्तै फुलहमले अर्को सिजन दोस्रो श्रेणी झर्नुअघि प्रिमियर लिगमा अन्तिमपटक न्युकासलसँग खेल्नेछ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.