default_image

3 years ago

May 19, 2021

लेस्टरमाथि चेल्सीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीले लेस्टर सिटीलाई हराउँदै तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले लेस्टरलाई २–१ ले पराजित गरेको हो ।मंगलबार राति भएको खेलमा चेल्सीको जितमा एन्टोनियो रुडिगर र जर्गिन्होले गोल गरे । लेस्टरका केलिची इहेनाचोले एक गोल फर्काए । खेलको ३४औं मिनेटमा टिमो […]

41 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीले लेस्टर सिटीलाई हराउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले लेस्टरलाई २–१ ले पराजित गरेको हो ।मंगलबार राति भएको खेलमा चेल्सीको जितमा एन्टोनियो रुडिगर र जर्गिन्होले गोल गरे । लेस्टरका केलिची इहेनाचोले एक गोल फर्काए ।

खेलको ३४औं मिनेटमा टिमो वेर्नरले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । रिस जेम्सको प्रहार युरी टिलेमान्सले क्लियर गर्दा पाएको कर्नरमा सिसर एज्पिलिक्वेटाको प्रहारलाई टिमो वेर्नरले गोल गरेपनि उनले बललाई नियन्त्रणमा लिनुअघि हातले छुन पुगेको भिएआरमा देखिएको थियो ।

दोस्रो हाफको शुरुमै एन्टेनियो रुडिगरले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । बेन चिलवेलको कर्नरमा रुडिगरले गोल गर्न सफल भएका थिए । ६६औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । वेस्ले फोफानाले पेनाल्टी बक्समा टिमो वेर्नरमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै चेल्सीलाई पेनालटी प्रदान गरेको थियो ।

७६औं मिनेटमा केलिची इहेनाचोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो । यो जितसँगै चेल्सीले गत शनिबार एफए कपको फाइनलमा भोगेको १–० को हारको बदला लिन सफल भएको छ ।

यो जितसँगै चेल्सीले शीर्ष चारमा रहेर अर्काे सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । चेल्सीको ३७ खेलबाट ६७ अंक छ । एक स्थान तल झरेको लेस्टरको समान खेलबाट ६६ अंक छ

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.