default_image

3 years ago

May 19, 2021

च्याम्पियन सिटी ब्राइटनसँग स्तब्ध

एजेन्सी – यो सिजनको प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटी ब्राइटनसँग स्तब्ध बनेको छ । दुई गोलको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको सिटी घरेलु टोली ब्राइटनसँग ३–२ ले पराजित भएको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा मंगलबार राति भएको खेलमा ब्राइटनको पूनरागमन जितमा लियान्द्रो ट्रोससार्ड, इडाम वेवस्टेर र ड्यानियल बर्नले गोल गरे । […]

32 views

0 Bookmark

एजेन्सी – यो सिजनको प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटी ब्राइटनसँग स्तब्ध बनेको छ । दुई गोलको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको सिटी घरेलु टोली ब्राइटनसँग ३–२ ले पराजित भएको हो ।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा मंगलबार राति भएको खेलमा ब्राइटनको पूनरागमन जितमा लियान्द्रो ट्रोससार्ड, इडाम वेवस्टेर र ड्यानियल बर्नले गोल गरे । सिटीका इल्केए गुन्डोगान र फिल फोडेनको गोल सान्त्वना बन्यो ।

खेलको दोस्रो मिनेटमा नै इल्केए गुन्डोगानको गोलबाट सिटीले अग्रता लिएको थियो । उनले रियाद महारेजको पासमा गोल गरेका थिए । १०औं मिनेटमा सिटी १० खेलाडीमा समेटियो । जोओ क्यान्सिलोले ड्यानी वेलब्याकमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै क्यान्सिलोलाई सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो ।

दोस्रो हाफको शुरुमै फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । तर, सिटीले त्यो अग्रतालाई जोगाउन सकेन । ५०औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै ब्राइटनलाई २–१ को अवस्थामा ल्याए । ७२औं मिनेटमा एडाम वेवस्टेरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ७६औं मिनेटमा ड्यानियल बर्नले गोल गर्दै ब्राइटनलाई ३–२ को पूनरागमन जित दिलाए ।

जितपछि ब्राइटन ३७ खेलबाट ४१ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ । पराजित सिटी ८३ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा लिड्स युनाइटेडले साउथह्याम्टनलाई उसकै मैदानमा २–० को जित निकालेको छ । लिड्सको जितमा प्याट्रिक बामफोर्ड र टेलर रोबर्ट्सले गोल गरे । जितपछि लिड्स ५६ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टन ४३ अंकसहित १४औं स्थानमा छ ।

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

March 27, 2024

क्रुस चम्कँदा जर्मनीले नेदरल्यान्ड्सलाई हरायो

एजेन्सी – तीन वर्षपछि राष्ट्रिय टोलीका फर्किएका मिडफिल्डर टोनी क्रुसको उच्च प्रदर्शनमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको छ । जर्मनीले १–० ले पछि परेको स्थितिमा नेदरल्यान्ड्समाथि २–१ को पूनरागमन जित निकालेको हो । फ्रान्कफुर्ट जर्मनीमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा म्याक्सिमिलियन मिटलस्टेड र निकलस फुल्करगले गोल गरे । नेदरल्यान्ड्सका जोए भिरमानको […]

Success

Thank you for your time.