default_image

3 years ago

May 20, 2021

बार्सिलोनामा परिवर्तन ल्याउने अध्यक्ष दावी

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोन लार्पोटाले नयाँ सिजनमा ठूलो परिवर्तन हुने प्रष्ट पारेका छन् । जारी २०२०-२१ को सिजन समाप्ती पछि नयाँ योजनामा काम सुरु हुने अध्यक्षले बताएका छन् । यसअर्थ सिजनको सुरुवातमा टोलीमा आबद्ध भएका प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दबाब बढेको विश्वास गरिएको छ । पछिल्ला खेलमा ला लिगामा खराब प्रदर्शन गरेका कारण पनि उनीमाथि […]

26 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोन लार्पोटाले नयाँ सिजनमा ठूलो परिवर्तन हुने प्रष्ट पारेका छन् । जारी २०२०-२१ को सिजन समाप्ती पछि नयाँ योजनामा काम सुरु हुने अध्यक्षले बताएका छन् ।

यसअर्थ सिजनको सुरुवातमा टोलीमा आबद्ध भएका प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दबाब बढेको विश्वास गरिएको छ । पछिल्ला खेलमा ला लिगामा खराब प्रदर्शन गरेका कारण पनि उनीमाथि दबाब बढ्दो छ । डच प्रशिक्षक अर्को सातानै क्लबबाट बाहिरिने सम्भावना रहेको अनुमान गरिएको छ ।

‘मैले पहिले नै भनेको छु सिजनको अन्त्यपछि नतिजा र प्रदर्शनका विषयमा मुल्याङ्कन हुनेछ । कोपा डेल रे जित्यौं, त्यसमा हामीलाई गर्व छ । तर च्याम्पियन्स लिगमा चाँडै बाहिरियौं । ला लिगामा पनि खराब प्रदर्शन गर्यौं,’ उनले भने, ‘त्यस हिसाबले आउने दिनमा थुप्रै निर्णय लिइनेछ । च्याम्पियन्स लिग र घरेलु फुटबलका लागि प्रतिस्पर्धात्मक टोली तयार गर्नुपर्ने र कडा मेहनत गर्नुपर्नेछ ।’

अहिलेको चक्र पूरा भएपछि नयाँ योजनामा काम हुने जनाउँदै उनले भने,’ मलाई लाग्छ त्यो जरुरी छ ।’

लापोर्टाले सिजनको अन्त्यसँगै प्रशिक्षक कोम्यानलाई भेट्नेछन् । त्यसपछि उनले नयाँ सिजन २०२१-२२ का लागि आवश्यक निर्णय लिनेछन् । सिजनको बिचमा नै चुनाव सम्पन्न भएपछि लापोर्टाले सिजन सकिनुअघि कुनै मुख्य निर्णय नलिने प्रष्ट पारेका थिए ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.