default_image

3 years ago

May 20, 2021

पीएसजी फ्रेन्च कप च्याम्पियन

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप (कप दि फ्रान्स) को उपाधि रक्षा गरेको छ । बुधबार राति भएको खेलमा लिग वान प्रचिद्धन्द्धी मोनाकोलाई २–० ले पराजित गर्दै पीएसजीले लगातार दोस्रो सिजन फ्रेन्च कपको उपाधि जित्न सफल भएको हो । स्टेड डि फ्रान्समा पीएसजीलाई च्याम्पियन बनाउन मोउरो इकार्डी र केलियन एमबाप्पेले गोल गरे […]

39 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप (कप दि फ्रान्स) को उपाधि रक्षा गरेको छ । बुधबार राति भएको खेलमा लिग वान प्रचिद्धन्द्धी मोनाकोलाई २–० ले पराजित गर्दै पीएसजीले लगातार दोस्रो सिजन फ्रेन्च कपको उपाधि जित्न सफल भएको हो ।

स्टेड डि फ्रान्समा पीएसजीलाई च्याम्पियन बनाउन मोउरो इकार्डी र केलियन एमबाप्पेले गोल गरे । इकार्डीले पहिलो हाफमा तथा एमबाप्पेले दोस्रो हाफमा गोल गरेका थिए ।

खेलको १९औं मिनेटमा मोउरो इकार्डीको गोलबाट पीएसजीको अग्रता लिएको थियो । एमबाप्पेले डिफेन्डर एक्सेल डिसासीले पेनाल्टी बक्स बाहिर गरेको गल्तीको फाइदा उठाउँदै उनैलाई बिट गर्दै आफैले गोल गर्न सक्ने अवस्थामा पास दिदा इकार्डीले खाली पोस्टमा गोल गर्न सफल भएका थिए ।

३३औं मिनेटमा एन्जल डि मारियाको पासमा एलेसान्द्रो फ्लोरेन्जीको प्रहारलाई गोलक्षक राडोस्ला माजेकीले पञ्च गर्दै विफल पारे । ५१औं मिनेटमा वान भर्सेस वानको विसाम सवन यडरको प्रहारलाई गोलरक्षक केलर नाभासले ब्लक गर्दै मोनाकोको बराबरी टारे ।

६९औं मिनेटमा गेल्सन मार्टिनको प्रहार डियालोलाई डिफ्लेक्ट हुदै गएको बल क्रसबारमा लागेर फर्कदा मोनाको बराबरीबाट चुक्यो । ७१औं मिनेटमा थिलो केरहरले क्लियर गर्न नसकेको बललाई स्टेभन जोभेटिकको प्रहारलाई मार्किन्हसले ब्लक गरे । त्यसमै फर्किएको बललाई क्रिपिन डिआट्टाले गरेको प्रहारलाई गोलरक्षक नाभासले बचाउँदै पीएसजीको अर्काे संकट टारे ।

८०औं मिनेटमा मोइस किनको पासमा केलियन एमबाप्पेको ३५ यार्ड टाढाको प्रहार बारमा लागेर बाहिरिदा पीएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो । लगत्तै ८१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको जित पक्का गर्दै उपाधि दिलाए । एन्जल डि मारियाले विनोइट वाडियासिललाई बिट गर्दै दिएको चिप पासलाई एमबाप्पेले नियन्त्रणमा लिदै सहजै फिनिस गरेका थिए ।

फ्रेन्च कपको सर्वाधिक सफल पीएसजीले १४औं पटक उपाधि जित्न सफल भएको हो । पीएसजीले १९८२, १९८३, १९९३, १९९५, १९९८, २००४, २००६, २०१०, २०१५, २०१६, २०१७, २०१८ र २०२० मा उपाधि जित्न सफल भएको थियो । १९८५, २००३, २००८, २०११ र २०१९ मा उपविजेता बनेको थियो ।

मोनाको पाँचौपटक फाइनलमा पुगेपनि पाँचौ पटक नै निराश बन्न पुग्यो । मोनाको २०१० पछि फाइनलमा पुग्न सफल भएपनि उपाधि जित्न असमर्थ बन्यो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.