default_image

3 years ago

May 20, 2021

खेडिराले सन्न्यास लिने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड तथा इटालियन क्लब युभेन्टसका जर्मन मिडफिल्डर सामी खेडिराले सिजनको अन्त्यसँगै व्यवसायिक खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन् । ३४ वर्षीय खेडिराले आफ्नो १५ वर्षे व्यवसायिक खेल करियरबाट बिदा लिने निर्णय गरेका हुन् । हाल जर्मन बुन्डेसलिगा क्लब हर्था बर्लिनबाट खेलिरहेका खेडिराले भिएफवी स्टुटगार्टबाट व्यवसायिक खेल करियर सुरुवात गरेका […]

48 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड तथा इटालियन क्लब युभेन्टसका जर्मन मिडफिल्डर सामी खेडिराले सिजनको अन्त्यसँगै व्यवसायिक खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

३४ वर्षीय खेडिराले आफ्नो १५ वर्षे व्यवसायिक खेल करियरबाट बिदा लिने निर्णय गरेका हुन् । हाल जर्मन बुन्डेसलिगा क्लब हर्था बर्लिनबाट खेलिरहेका खेडिराले भिएफवी स्टुटगार्टबाट व्यवसायिक खेल करियर सुरुवात गरेका थिए । उनले २००४ देखि २०१० सम्म स्टुटगार्टबाट खेलेका थिए ।

त्यसपछि स्पेनिस क्लब रियल म्याड्रिड आएका खेडिरा २०१५ मा रियल छाड्दै इटालियन क्लब युभेन्टस पुगेका थिए । यो सिजनको सुरुवातसँगै उनी घरेलु भुमिको हर्था बर्लिनमा आबद्ध भएका थिए । उनले यो सिजन हर्थाबाट ८ खेलमा मात्रै अवसर पाएका छन् ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिएका खेडिरा २०१८ पछि राष्ट्रिय टोलीमा रहेका छैनन् । उनले जर्मनीबाट ७७ खेलमा ७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनी जर्मनीले २०१४ को विश्वकप जित्दाका टोलीमा महत्त्वपूर्ण सदस्य रहेका थिए । उनले सेमिफाइनलमा घरेलु टोली ब्राजिललाई ७–१ ले पराजित गरेको खेलमा एक गोल गरेका थिए ।

खेडिराले स्टुटगार्टबाट एक बुन्डेसलिगा, रियलबाट दुई कोपा डेल रे, समान एक ला लिगा, सुपर कोपा, च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप जितेका छन् । यस्तै युभेन्टसबाट लगातार ६ सिजन सिरी ‘ए’, तीन पटक कोपा इटालिया र एक पटक सुपर कोपा जिते ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.