default_image

3 years ago

May 21, 2021

‘म सर्वश्रेष्ठसँग खेल्न चहान्छु’ – एमबाप्पे

एजेन्सी – युवा स्टार केलियन एमबाप्पेले स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले फ्रान्सको राष्ट्रिय टोलीमा पूनरागमन गर्दा उनलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । प्रशिक्षक डिडियर डेसच्याम्सले अर्काे महिनाबाट शुरु हुने युरोकपको लागि २६ सदस्यी टोलीको घोषणा गर्दा बेन्जेमाले ६ वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका थिए । बेन्जेमा पछिल्लो ६ वर्षयता टोलीमा […]

47 views

0 Bookmark

एजेन्सी – युवा स्टार केलियन एमबाप्पेले स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले फ्रान्सको राष्ट्रिय टोलीमा पूनरागमन गर्दा उनलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

प्रशिक्षक डिडियर डेसच्याम्सले अर्काे महिनाबाट शुरु हुने युरोकपको लागि २६ सदस्यी टोलीको घोषणा गर्दा बेन्जेमाले ६ वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका थिए । बेन्जेमा पछिल्लो ६ वर्षयता टोलीमा रहेनन् । सोही समयमा उदाएका एमबाप्पेले फ्रान्सको टोलीमा स्थान बनाउँदा एन्टोइन ग्रिजमन र ओलिभर जिरुउडसँग खेल्ने मौका पाएका थिए । बेन्जेमाको आगमनसँगै डेसच्याम्सको अग्रपङ्तिमा बेन्जेमा, ग्रिजमन र एमबाप्पे रहनेछन् ।

‘म बेन्जेमाको कल अपमा धेरै खुशी छु ।’ एमबाप्पेले भने, ‘मैले सधै भनेको छु । कि म सर्वश्रेष्ठ खेलाडीहरुसँग खेल्न चहान्छु । त्यहाँ धेरै खेलाडीहरु छैनन् । जो विश्वमा बेन्जेमा भन्दा राम्रो छ । उसले हामीलाई के गर्ने थाहा छ ।’

उनले १० वर्ष रियल म्याड्रिडका लागि खेलेका छन् । दवाव के हो त्यो उनलाई थाहा छ । उनीसँग अनुभव छ र उनीसँग सबै थोकभन्दा पनि प्रतिभा छ । ठुला खेलाडीलाई टोलीसँग भिज्न खासै गाह्रो हुनेछैन । त्यसैले म पक्का छु कि ऊ चाँडै अनुकुल हुनेछ ।’

पीएसजीले बुधबार राति मोनाकोलाई २–० ले पराजित गर्दै १४औं पटक फ्रेन्च कपकोउपाधि जित्न सफल भएको थियो । यो सफलता टोलीको प्रयासको परिणाम रहेको उनले बताएका छन् ।

‘हामी सकेसम्म लिग वानको पनि च्याम्पियन बन्न चहान्छौं ।’ एमबाप्पेले भने, ‘म आफ्नो कुनै सीमा नराखी मेरो टोलीलाई ट्रफी जिताउन कोसिस गर्नेछु । जव म टिम सहयात्री, स्टाफलाई खुशी देख्छु, म धेरै खुशी हुन्छु । यही नै मेरो लागि नै महत्वपुर्ण हुन्छ ।’

‘यो यस्तो टोली हो जसले मलाई सबैभन्दा राम्रो अवस्थामा राख्यो । म मेरो टिमका साथीहरुको कामका कारण मात्र सुधार गर्न सक्दछु । उनीहरुकै प्रयासका कारण यहाँ छु ।’

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.