default_image

3 years ago

May 21, 2021

कोपा अमेरिका कप अर्जेन्टिनामा मात्रै हुने

एजेन्सी – यसपटकको कोपा अमेरिका कपको पुरै खेल अर्जेन्टिनामा मात्रै हुने भएको छ । प्रतियोगिता हुने दिन नजिकिदै गर्दा सहआयोजक राष्ट्र कोलम्वियामा राजनीतिक अशान्तिपछि दक्षिण अमेरिकी फुटबल फेडेरेसनले कोपा अमेरिका कप अर्जेन्टिनामा मात्रै गराउने निर्णय गरेको हो । यसअघि फेडेरेसनले अर्जेन्टिना र कोलम्वियामा गराउने निर्णय गरेको थियो । दुवै देशमा गराउने भएपनि कोलम्वियामा बढ्दो अशान्तिपछि […]

110 views

0 Bookmark

एजेन्सी – यसपटकको कोपा अमेरिका कपको पुरै खेल अर्जेन्टिनामा मात्रै हुने भएको छ । प्रतियोगिता हुने दिन नजिकिदै गर्दा सहआयोजक राष्ट्र कोलम्वियामा राजनीतिक अशान्तिपछि दक्षिण अमेरिकी फुटबल फेडेरेसनले कोपा अमेरिका कप अर्जेन्टिनामा मात्रै गराउने निर्णय गरेको हो ।

यसअघि फेडेरेसनले अर्जेन्टिना र कोलम्वियामा गराउने निर्णय गरेको थियो । दुवै देशमा गराउने भएपनि कोलम्वियामा बढ्दो अशान्तिपछि फेडेरेसनले एक सातासम्म त्यहाँको अवस्थाबारे बुझेको थियो । अवस्था असहज नै हुने भएपछि फेडेरेसनले कोलम्वियाबाट हात झिकेको हो ।
कोलम्वियाले देशको अवस्था ठीकै रहेको र सुरक्षाको सुनिश्चिता दिने प्रयास गरेपनि कोलम्वियामा राजनीतिक अशान्तिसँगै कोरोना महामारी पनि बढ्दै गइरहेको अवस्थामा उनीहरुले राम्रो प्रमाण पेश गर्न सकेनन् ।

१०५ बर्षको इतिहासमा कोपा अमेरिका पहिलो पटक दुई देशमा आयोजना गर्ने बताइएको थियो । तर कोलम्बियामा देशब्यापी रुपमा भएको आन्दोलनले हुन सकेन । कोपा अमेरिका जुन १३ बाट १० जुलाईसम्म हुनेछ । १५ खेल कोलम्बिया गर्ने तालिका थियो । जसमा फाइनल कोलम्बियामा नै हुने तालिका थियो । अर्जेन्टिनामा १३ खेल खेलाउने तालिका थियो ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहने भनिएपनि अष्ट्रेलिया र कतारले सहभागिता नहुने भएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे रहेका छन् । समूह ‘बी’ मा कोलम्विया, ब्राजिल, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् । दुवै समूहका शीर्ष चार टोलीले क्वाटरफाइनलको यात्रा तय गर्नेछ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.