default_image

3 years ago

May 21, 2021

म्याराडोनाको मृत्यु आरोपमा ७ स्वास्थ्यकर्मीलाई मुद्दा

एजेन्सी – अर्जेन्टिनाका पूर्व कप्तान तथा विश्व फुटबलका सुपरस्टार डिएगो म्याराडोनाको मृत्यु भएको ६ महिना बितिसकेको छ । तर उनको मृत्युको कारण भने अझै थाहा हुन सकेको छैन । म्याराडोनाको परिवारले उनको हेरचाहमा खटिएका स्वास्थ्यकर्मीको हेलचेक्र्याइँको कारण नै मृत्यु भएको आरोप लगाएका थिए । त्यसमध्य ७ जनालाई भने उक्त आरोपमा मुद्दा चल्ने भएको छ । […]

44 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाका पूर्व कप्तान तथा विश्व फुटबलका सुपरस्टार डिएगो म्याराडोनाको मृत्यु भएको ६ महिना बितिसकेको छ । तर उनको मृत्युको कारण भने अझै थाहा हुन सकेको छैन ।

म्याराडोनाको परिवारले उनको हेरचाहमा खटिएका स्वास्थ्यकर्मीको हेलचेक्र्याइँको कारण नै मृत्यु भएको आरोप लगाएका थिए । त्यसमध्य ७ जनालाई भने उक्त आरोपमा मुद्दा चल्ने भएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा एक अर्काको अभिव्यक्ति बाझिएपछि मृत्यु केहि रहस्यमय बनेको थियो ।

त्यसपछि भएको विस्तृत अनुसन्धानमा म्याराडोनाको मृत्यु स्वास्थ्यकर्मीहरुको हेलचेक्र्याइँका कारण नै भएको निष्कर्ष निक्लिएको थियो । परिवारले उनको स्वास्थ्य अवस्था हेर्न राखेको स्वास्थ्यकर्मीविरुद्ध मुद्दा हाल्ने भएसँगै प्रहरी अनुसन्धानपछि ७ जनामाथि आरोप लागेको छ ।

अब यी ७ जनाले गल्ति गरेको पुष्टि भएमा ८ देखि २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने छ । आरोप खेप्नेमा नोभेम्बरमा म्याराडोनाको शल्यक्रिया गरेका डाक्टरदेखि उनको घरमा काम गर्ने नर्ससम्म रहेका छन् ।

आरोप खेपेका डाक्टरहरु :

लेओपोल्दो लुकुए : म्याराडोनाको शल्यक्रिया गर्ने डाक्टर

अगुस्तिना कोसाचोभ : म्याराडोनाको औषधिको जिम्मेवारी लिएकी मनोचिकित्सक

कार्लोस डियाज : म्याराडोनासँग भेट भएका पछिल्लो मनोचिकित्सक जसले लुकुए र कोसचोभपछि आफ्नो काम निरन्तर जारी राखेका थिए

न्यान्सी फोर्लिनी : म्याराडोनाको घरमा उपचार संयोजन गर्ने

मरियानो पेरोनी : नर्सहरुसँग संयोजन गर्ने

दहियाना जिसेला म्याड्रिड : म्याराडोनाको मृत्यु हुँदा घरमा रहेकी नर्स

रिकार्डो अल्मिरोन : म्याराडोनाको मृत्युको अघिल्लो रात घरमा रहेका नर्स । उनले नै अन्तिम पटक म्याराडोनालाई जिउँदो देखेका थिए ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.