default_image

3 years ago

May 22, 2021

हाजार्डले भिल्लारियलविरुद्धको खेल गुमाउने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्डले ला लिगाको अन्तिम खेल गुमाउने भएका छन् । उपाधिका लागि निकै महत्वपुर्ण रहेको भिल्लारियलविरुद्धको खेलमा हाजार्ड टोलीमा नरहेको प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । ला लिगाको अन्तिम चरणको खेलबाट नै यो सिजनको ला लिगाको विजेताको छिनोफानो हुुनेछ । रियल र एट्लेटिको म्याड्रिडबीच उपाधिका लागि प्रतिस्पर्धा […]

44 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्डले ला लिगाको अन्तिम खेल गुमाउने भएका छन् । उपाधिका लागि निकै महत्वपुर्ण रहेको भिल्लारियलविरुद्धको खेलमा हाजार्ड टोलीमा नरहेको प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् ।

ला लिगाको अन्तिम चरणको खेलबाट नै यो सिजनको ला लिगाको विजेताको छिनोफानो हुुनेछ । रियल र एट्लेटिको म्याड्रिडबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ । उपाधि होडमा रहेको एट्लेटिकोले आज राति नै रियल भालाडोलिडको सामना गर्दैछ । भालाडोलिडलाई रेलिगेसन जोगाउन यो खेलमा जित हात पार्नुपर्नेछ ।

उनले चोट बोकेका कारण प्रशिक्षक जिदानले भिल्लारियलविरुद्धको खेलका लागि हाजार्डलाई खेलाएर कुनै जोखिम नलिने बताएका छन् । कप्तान तथा डिफेन्डर सर्जियो रामोससँगै राफयल भरान टोलीमा समेटिएका छन् ।

ला लिगाको ३७औं चरणको खेल सकिदा दोस्रो स्थानमा रहेको रियलको ८१ तथा शीर्षस्थानको एट्लेटिकोको ८३ अंक छ । एट्लेटिकोले बराबरी खेलेको अवस्थामा रियलले जित निकाल्न सके रियल च्याम्पियन बन्नेछ । रियल बराबरीमा रोकिएको अवस्थामा एट्लेटिकोले हार बेहोरेपनि एट्लेटिको च्याम्पियन बन्नेछ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.