default_image

3 years ago

May 22, 2021

प्रशिक्षक नुनोले वल्भ्स छाड्ने

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सका प्रशिक्षक नुनो स्पिरिटो सान्टोले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने बताएका छन् । उनले क्लबसँगको आपसी समझदारीमा नै सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका हुन् । ४७ बर्षे नुनोले गत सेप्टेम्बरमा तीन बर्षका लागि सन् २०२३ सम्मको लागि नयाँ सम्झौता गरेपनि उनले उक्त सम्झौता रद्ध गर्दै क्लब छाड्ने निर्णय […]

43 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सका प्रशिक्षक नुनो स्पिरिटो सान्टोले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने बताएका छन् । उनले क्लबसँगको आपसी समझदारीमा नै सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका हुन् ।

४७ बर्षे नुनोले गत सेप्टेम्बरमा तीन बर्षका लागि सन् २०२३ सम्मको लागि नयाँ सम्झौता गरेपनि उनले उक्त सम्झौता रद्ध गर्दै क्लब छाड्ने निर्णय गरेको हो । पोर्टोबाट सन् २०१७ मा वल्भ्समा अनुबन्ध भएका नुनोको प्रशिक्षणमा टिमले च्याम्पियनसिप जितेको थियो । अघिल्ला दुई सिजनमा सातौं स्थानमा रहेको वल्भ्स यो सिजनमा १२औं स्थानमा रहेको छ ।

वल्भ्सले यो सिजनको अन्तिम खेल म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । उनले वल्भ्ससँग आफ्नो मन जोडिएको र यो क्लवलाई निकै मिस गर्ने बताएका छन् । नुनो सान्टोको स्थानमा पोर्चुगिज क्लब बेन्फिका ब्रुनो लाग र पोर्टाेका पुर्व प्रशिक्षक भिटोर पेरेइरा आकाङ्क्षी देखिएका छन् ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.