default_image

3 years ago

May 22, 2021

भविष्य अन्यौलमा राख्दै मेस्सीले बार्सिलोना छाडे

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीका लागि जारी सिजन सकिएको छ । प्रशिक्षक रोनाल्ड कोम्यानले अर्जेन्टिनी खेलाडीलाई अगाडि सिजनको अन्तिम खेलअघि नै छुट्टी दिएका छन् । ला लिगामा शनिबार हुने आफ्नो अन्तिम खेलमा मेस्सीलाई कोम्यानले आराम दिएका छन् । यो सिजन मेस्सीले निकै खेले । त्यसैले पनि उपाधि दौडबाट बाहिरिएका कारण उनलाई अन्तिम खेल […]

53 views

0 Bookmark


एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीका लागि जारी सिजन सकिएको छ । प्रशिक्षक रोनाल्ड कोम्यानले अर्जेन्टिनी खेलाडीलाई अगाडि सिजनको अन्तिम खेलअघि नै छुट्टी दिएका छन् । ला लिगामा शनिबार हुने आफ्नो अन्तिम खेलमा मेस्सीलाई कोम्यानले आराम दिएका छन् ।

यो सिजन मेस्सीले निकै खेले । त्यसैले पनि उपाधि दौडबाट बाहिरिएका कारण उनलाई अन्तिम खेल अघि नै छुट्टी दिन कोम्यान तयार भएका हुन् । यसले उनलाई कोपा अमेरिकाको तयारीका लागि केहि समय मिल्नेछ । मेस्सीको देश अर्जेन्टिनामा जुनमा कोपा अमेरिका आयोजना हुँदैछ ।

अर्कोतिर यसअघिको खेल मेस्सीका लागि बार्सिलोनाका जर्सीमा अन्तिम पनि हुन सक्छ । उनले यो सिजनको अन्त्यपछि मात्रै आफ्नो आगामी यात्राका बारेमा निर्णय लिने बताएका थिए । सिजनको अन्त्यसँगै बार्सिलोनासँगको उनको सम्झौता सकिदैछ । यद्दपी एजेन्ट समेत रहेका उनका पिताले बार्सिलोनाका अध्यक्ष जोन लार्पोटासँग अनौपचारिक छलफल अघि बढाएसकेको बताइएको छ । तर, कुनै निर्णय भने भएको छैन ।

कोम्यानले पनि आफ्ना कप्तानको महत्त्व क्लबमा कति रहेको भन्ने पटक पटक बताइसकेका छन् । लार्पोटा पनि मेस्सी क्लबमै रहुन भन्ने चाहन्छन् । नेयमार र इर्लिङ हाल्यान्डलाई क्लबमा भित्राउने प्रयास सफल हुनेमा शंका भइरहेका बेला उनले सर्जियो अगुएरोलाई भित्राउने भएका छन् । अर्जेन्टिनी अगुएरो मेस्सीका मिल्ने साथी हुन् ।

यसैबीचमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेष्टर सिटीले मेस्सी र बार्सिलोनाबीच कस्तो नयाँ सम्झौता हुन्छ हुँदैन भन्ने चासोका साथ हेरिरहेका छन् । फ्रान्सेली टोली पिएसजीले मेस्सीका लागि प्रस्ताव गरिसकेको छ । तर उनले आफै सिजनको अन्त्य भएर बार्सिलोनासँग एक पटक छलफल गरेर मात्र निर्णय पुग्ने बताइएसकेका छन् ।

प्रिमियर लिग टोली सिटी पनि मेस्सी बार्सिलोनामा बस्न तयार हुन्छ हुँदैनन् भन्ने नजिकबाट नियालिरहेको छ । मेस्सी बार्सिलोना छाड्न तयार भएको खण्डमा सिटी आफ्नो प्रस्तावका लागि निकै अघि बाट तयार रहेको छ ।

यो पनि पढ्नुहोस : यसपटक नरोकियोस् नेपाली फुटबलमा परिवर्तन

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.