default_image

3 years ago

May 22, 2021

भिनिसियसको स्तरोन्नति भएको सिजन

एजेन्सी – रियल म्याड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरले जारी सिजन अर्को स्तरमा प्रदर्शन गरेको विश्वास गरिएको छ । रियलले शनिबार ला लिगामा भिल्लारियलाविरुद्ध खेल्दै सिजनको अन्त्य गर्दैछ । टोलीमा दिएको जिम्मेवारी भन्दा पनि बढी भूमिका निर्वाह गर्दै भिनिसियसले आफ्नो क्षमता प्रस्तुत गरेका छन् । आज हुने खेलमा सहभागी भएपनि उनले जिनेदिन जिदानको प्रशिक्षणमा यो सिजन […]

49 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरले जारी सिजन अर्को स्तरमा प्रदर्शन गरेको विश्वास गरिएको छ । रियलले शनिबार ला लिगामा भिल्लारियलाविरुद्ध खेल्दै सिजनको अन्त्य गर्दैछ ।

टोलीमा दिएको जिम्मेवारी भन्दा पनि बढी भूमिका निर्वाह गर्दै भिनिसियसले आफ्नो क्षमता प्रस्तुत गरेका छन् । आज हुने खेलमा सहभागी भएपनि उनले जिनेदिन जिदानको प्रशिक्षणमा यो सिजन ५२ मध्ये ४९ खेल खेल्नेछन् । त्यसको मतलब उनले टोलीको ९४ प्रतिशत खेल खेल्नेछन् । गोलकिपर थिबाउट कोर्टुवाले मात्र उनले भन्दा बढी खेल खेलेका छन् । आज हुने खेल समेत उनले ५२ मा ५१ खेल खेल्नेछन् ।

जिदानले दिएको जिम्मेवारी भन्दा पनि २० वर्षे भिनिसियस बढी योगदान टोलीका लागि गरेका छन् । जसले उनीमाथि विगतमा भन्दा बढी विश्वास गरेका छन् । यसअघि उनले अहिलेको जस्तो मौका पाएका थिएनन् ।

करिअरको अर्को कदम

यो सिजन भिनिसियसलाई चोटले धेरै दुःख दिएन । ग्यास्ट्रिकका कारण एक खेल गुमाएका उनले अन्य खेलाडीलाई मौका दिने क्रममा २ खेल खेलेनन् । त्यसबाहेकका सबै खेलमा उनले मौका पाए । मुख्यतः इडन हाजार्डले चोटका कारण अर्को सिजनका अधिकांश खेल गुमाउँदा भिनिसियसले बढी अवसर पाए ।

भिनिसियसले ६ गोल गर्नुका साथै सात एसिस्ट गरे । टोलीका भेट्रान स्टार करिम बेन्जेमापछि टोलीका लागि बढी आक्रमण गर्नेमा उनै अगाडी छन् । गत सिजनको अन्त्यमा भिनिसियस लोनमा जान सक्ने चर्चा थियो । तर अहिले परिस्थिति बदलिएको छ । आउने सिजनमा रियलको महत्व अझै बढेर जाने सम्भावना छ ।

रियलको भविष्य

जारी सिजनको उनको प्रदर्शनले अनुमान गर्न सकिन्छ भिनिसियसको भूमिका रियलमा यो सिजन जस्तै हुनेछ । उनी आफैंले पनि त्यो महसुस गरेका छन् । विगतमा भन्दा बढी भूमिका पाएको उनी खुसी छन् ।

‘मैले रियलबाट सय भन्दा बढी खेल खेलिसकेको छ । मलाई लाग्छ २० वर्षको उमेरमा यो धेरै हो,’ गत महिना उनले भनेका थिए,’ रियलमा म धेरै उपाधि जित्न चाहान्छु । समर्थकहरुलाई खुसी पार्न र बढी भन्दा बढी गोल गर्न प्रयास गर्नेछु ।’

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.