default_image

3 years ago

May 23, 2021

मेस्सीलाई पिचिची ट्रफी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी हात पारेका हुन् । बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन असफल भएपनि कोपा डेल रे जिताएका मेस्सीले ला लिगामा सर्वाधिक ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । उनले ३५ खेलमा ३० गोल […]

105 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी हात पारेका हुन् ।

बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन असफल भएपनि कोपा डेल रे जिताएका मेस्सीले ला लिगामा सर्वाधिक ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । उनले ३५ खेलमा ३० गोल र ९ असिस्ट दिए ।

ट्रफी जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र भिल्लारियलका जेरार्ड मोरेनोलाई पछि पारे । मेस्सी बेन्जेमा र मोरेनो भन्दा ७ गोलले अघि रहे । बेन्जमाले २३ गोल र ९ असिस्ट दिएका थिए । मोरेनोले २३ गोल ७ असिस्ट दिएका थिए ।

मेस्सीले आठौंपटक तथा लगातार पाँचौ सिजन पिचिची ट्रफी जितेका हुन् । उनी लगातार पाँच सिजन यस अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यसअघि २००९–१० मा (३४), २०१२–१२ मा (५०), २०१२–१३ मा (४६), २०१६–१७ मा (३७), २०१७–१८ मा (३४), २०१८–१९ मा (३६), २०१९–२० मा (२५) गोल गरेका थिए ।

यस सिजन मेस्सी कप्तानीमा रहेको बार्सिलोना तेस्रो स्थानमा रह्यो । रियल दोस्रो स्थानमा रह्यो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.