default_image

3 years ago

May 23, 2021

चेल्सी, लिभरपुल र लेस्टरको च्याम्पियन्स लिग भविष्य आज टुंगो लाग्ने

एजेन्सी – इंग्लिस प्रिमियर लिगको यो सिजन आज (आइतबार) सकिँदैछ । म्यानचेस्टर सिटीले तीन खेल बाँकी छदै उपाधि हात पार्दा रेलिगेसनमा पर्ने तीन टोलीको पनि टुंगो लागिसकेको छ । आइतबार हुने यो सिजनको अन्तिम दिनको खेलमा च्याम्पियन र रेलिगेसनमा पर्ने टोलीको भन्दा पनि अर्काे सिजन युरोपमा खेल्ने (च्याम्पियन्स लिग, युरोपा लिग र कन्फ्रेन्स कप) का […]

78 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको यो सिजन आज (आइतबार) सकिँदैछ । म्यानचेस्टर सिटीले तीन खेल बाँकी छदै उपाधि हात पार्दा रेलिगेसनमा पर्ने तीन टोलीको पनि टुंगो लागिसकेको छ ।

आइतबार हुने यो सिजनको अन्तिम दिनको खेलमा च्याम्पियन र रेलिगेसनमा पर्ने टोलीको भन्दा पनि अर्काे सिजन युरोपमा खेल्ने (च्याम्पियन्स लिग, युरोपा लिग र कन्फ्रेन्स कप) का लागि खेल्ने टोलीको स्थान निर्धारण महत्त्वपूर्ण हुनेछ ।

लिगको अन्तिम खेलमा आइतबार एकै समयमा १० खेल हुनेछ, जहाँ ८ टोलीले युरोपमा हुने प्रतियोगितामा छनोट हुनका लागि चुनौती पेश गर्नेछन् । युइएफए च्याम्पियन्स लिगका लागि चेल्सी, लिभरपुल र लेस्टर सिटीबीच शीर्ष चारको होडमा रहेको छ । यि तीनमध्ये दुई टोली शीर्ष चारमा पुग्नेछन् ।

युरोपा लिगका लागि पनि वेस्ट ह्याम युनाइटेड, टोटेनहम र एभर्टनबीच चर्काे प्रतिस्पर्धा छ । अर्को सिजनदेखि सुरु हुने युरोपा कन्फ्रेन्स लिगका लागि आर्सनल र लिड्स युनाइटेड दौडमा छन् । अहिलेसम्म च्याम्पियन्स लिगका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले मात्र स्थान सुरक्षित गरेका छन् ।

चेल्सीले पछिल्लो खेलमा लेस्टरलाई २–१ ले हराएर एफए कपमा बेहोरेको हारको बदला लिदै शीर्ष चारमा पर्ने सम्भावना जीवित राख्दा लेस्टर डिसेम्बरयता पहिलोपल्ट शीर्ष चारबाट बाहिरियो । लिभरपुलले लगातार चौथो जित निकाल्दै शीर्ष चारको सम्भावना बलियो बनोएको छ ।

चेल्सी एस्टन भिल्लाको भ्रमणमा निस्कँदा लिभरपुलले क्रिस्टल प्यालेसको तथा लेस्टरले घरेलु मैदानमा टोटेनहमको आतिथ्यता गर्दैछ । तीन टोलीले जित निकालेको अवस्थामा चेल्सी र लिभरपुल शीर्ष चारमा रहनेछ । तेस्रो स्थानमा रहेको चेल्सीलाई पनि ढुक्क हुने स्थिति छैन ।

लिभरपुल र लेस्टर दुवै विजयी भएको अवस्थामा चेल्सी एस्टन भिल्लासँग पराजित भएमा चेल्सी शीर्ष चारबाट बाहिरिनेछ । तर पनि चेल्सीसामु च्याम्पियन्स लिग खेल्ने थप एक अर्को अवसर हुनेछ । च्याम्पियन्स लिगको फाइनलमा सिटीलाई हराउन सके चेल्सीको च्याम्पियन्स लिग छनोट तय हुनेछ । यो समीकरणमा अर्को सिजन पाँच प्रिमियर लिग क्लबले च्याम्पियन्स लिग खेल्नेछ ।

विश्व फुटबलको सबैभन्दा पुरानो उपाधि एफए कप जितेको लेस्टरले युरोपा लिगको बाटो खोलिसकेको छ । अंक तालिकाको पाँचौ र छैटौं स्थानमा रहने दुवै टिमले युरोपा लिग खेल्न योग्य हुनेछन् । यसका लागि वेस्ट ह्याम, टोटेनहम र एभर्टनबीच प्रतिस्पर्धा हुदा वेस्ट ह्याम बलियो देखिएको छ । आफ्नो अन्तिम खेलमा वेस्ट ह्यामले साउथह्याम्पटनको सामना गर्नेछ ।

यसबाट एकै अंकमात्र बटुले पनि त्यो छैटौं स्थानलाई पर्याप्त हुनेछ । एभर्टन र टोटेनहमको समान ५९ अंक छ । अर्को सिजनदेखि तेस्रो श्रेणीकको युरोपेली प्रतियोगिताका रुपमा यूईएफए कन्फ्रेन्स लिग हुँदैछ । अहिलेको अवस्थामा टोटेनहम यो स्थानमा पर्ने देखिन्छ, तर एभर्टन, आर्सनल र लिड्सले पनि आस मारेका छैनन् ।

खेल तालिका

आर्सनलविरुद्ध ब्राइटन (राति ८:४५ बजे)

एस्टन भिल्लाविरुद्ध चेल्सी (राति ८:४५ बजे)

फुलहमविरुद्ध न्युक्यासल (राति ८:४५ बजे)

लिड्सविरुद्ध वेस्ट ब्रोम (राति ८:४५ बजे)

लेस्टरविरुद्ध टोटेनहम (राति ८:४५ बजे)

लिभरपुलविरुद्ध क्रिस्टल प्यालेस (राति ८:४५ बजे)

म्यानचेस्टर सिटीविरुद्ध क्रिस्टल प्यालेस (राति ८:४५ बजे)

सेफिल्डविरुद्ध बर्नले (राति ८:४५ बजे)

वेस्ट ह्यामविरुद्ध साउथह्याम्टन (राति ८:४५ बजे)

वल्भ्सविरुद्ध म्यानचेस्टर युनाइटेड (राति ८:४५ बजे)

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.