default_image

3 years ago

May 23, 2021

युभेन्टसलाई च्याम्पियन्स लिग खेल्न जित्नै पर्ने दवाव

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति यो सिजनको अन्तिम राउन्डको विभिन्न ७ खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष चारको दौडमा रहेको एटलान्टाले एसी मिलानसँग खेल्दा बोलोग्नाले दवावमा रहेको युभेन्टसको आतिथ्यता गर्दैछ । युरोपा लिगमा स्थान पक्का गरिसकेको लाजियोले युरोपा कन्फ्रेस लिगको दौडमा रहेको सास्सुओलोसँग खेल्दैछ । युरोपा कन्फ्रेस लिगको दौडमा रहेको रोमाले स्पेजियासँग खेल्दैछ […]

52 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति यो सिजनको अन्तिम राउन्डको विभिन्न ७ खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष चारको दौडमा रहेको एटलान्टाले एसी मिलानसँग खेल्दा बोलोग्नाले दवावमा रहेको युभेन्टसको आतिथ्यता गर्दैछ ।

युरोपा लिगमा स्थान पक्का गरिसकेको लाजियोले युरोपा कन्फ्रेस लिगको दौडमा रहेको सास्सुओलोसँग खेल्दैछ । युरोपा कन्फ्रेस लिगको दौडमा रहेको रोमाले स्पेजियासँग खेल्दैछ । युभेन्टस र बोलोग्नाबीचको खेल बोलोग्नाको मैदानमा नेपाली समयअनुसार राति १२:३० बजे हुनेछ ।

बोलोग्नाको मैदानमा उत्रदा युभेन्टसलाई जित निकाल्नै पर्ने दवाव छ । जित निकाल्न नसकेको खण्डमा युभेन्टस शीर्ष चारबाट बाहिर रहँदै युरोपा लिगमा खुम्चिनेछ । शीर्ष चारको दौडमा रहेको एटलान्टा र मिलानको खेल तथा नेपोलीले हेलास भेरोनाको नतिजाले पनि युभेन्टसको शीर्ष चारको यात्राको बाटो देखाउनेछ ।

बोलोग्नालाई पराजित गर्न सकेको अवस्थामा युभेन्टसको शीर्ष चारको सम्भावना रहनेछ । यस्तो अवस्थामा एटलान्टा र मिलानले बराबरी खेल्दा नेपोलीले बराबरी या हारको नतिजा निकाल्दा युभेन्टस शीर्ष चारमा पुग्नेछ । मिलान र नेपोली विजयी भएमा युभेन्टसले एटलान्टासँग अंक बराबरी गरेपनि हेडटु हेडमा युभेन्टस बाहिरिनेछ । युभेन्टसले मिलान र नेपोलीको बराबरी या हार चाहेको छ । बराबरी या हारले युभेन्टस शीर्ष चारबाट बाहिरिनेछ ।

खेल तालिका

इन्टर मिलानविरुद्ध उडिनेस (राति ६:४५ बजे)

एटलान्टाविरुद्ध मिलान (राति १२:३० बजे)

बोलोग्नाविरुद्ध युभेन्टस (राति १२:३० बजे)

नेपोलीविरुद्ध हेलास भेरोना (राति १२:३० बजे),

सस्सुलोविरुद्ध लाजियो (राति १२:३० बजे)

स्पेजियाविरुद्ध रोमा (राति १२:३० बजे)

टोरिनोविरुद्ध बेनेभेन्टो (राति १२:३० बजे)

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.