default_image

3 years ago

May 23, 2021

एनआरटिद्वारा चिकित्सालयलाई ५ लाख सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब न्यू रोड टिम (एनआरटि) ले छत्रपाटी निशुल्क चिकित्सालयलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना संक्रमणका कारण अवस्था निकै कष्टकर रहेको बेलामा एनआरटिले अस्पताललाई केहि सहज होस् भन्ने लक्ष्यका साथ नगद सहयोग गरेको हो । कोभिड-१९ को संक्रमणले आइसोलेसन वार्डमा रहेका बिरामीहरुको उपचारका लागि उक्त रकम सहयोग […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब न्यू रोड टिम (एनआरटि) ले छत्रपाटी निशुल्क चिकित्सालयलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

कोरोना संक्रमणका कारण अवस्था निकै कष्टकर रहेको बेलामा एनआरटिले अस्पताललाई केहि सहज होस् भन्ने लक्ष्यका साथ नगद सहयोग गरेको हो । कोभिड-१९ को संक्रमणले आइसोलेसन वार्डमा रहेका बिरामीहरुको उपचारका लागि उक्त रकम सहयोग गरिएको क्लबले जनाएको छ ।

आइतबार क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले चिकित्सालयका अध्यक्ष डाक्टर मनोज मान श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा क्लबका महासचिव नरेन्द्र मान श्रेष्ठ, कोषाध्यक्ष अनुज सिंह प्रधान र सदस्य सुरेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

ए डिभिजन क्लब एनआरटिले यसअघि पनि सामाजिक कार्यमा निरन्तर सहभागिता जनाउँदै आएको छ । त्रिपुरेश्वरमा अवस्थित क्लब नेपालमा आफ्नै आम्दानी स्रोत भएको निकै कम क्लब मध्यमा पर्दछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.