default_image

5 years ago

May 23, 2021

चेल्सी र लिभरपुल च्याम्पियन्स लिगमा, लेस्टर पाँचौ

174 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत अन्तिम चरणको खेलमा आफू अनुकुल नतिजा आएपछि चेल्सी पराजित हुनका बाबजुद अर्को सिजन च्याम्पियन्स लिगको लागि छनोट भएको छ । लिभरपुल अन्तिम खेलमा जित निकाल्दै तेस्रो हुन सफल रहयो ।

एस्टन भिल्लाको मैदानमा २-१ ले पराजित भएपनि लेस्टर सिटीले घरेलु मैदानमा जित हासिल गर्न नसक्दा चेल्सी चौथो स्थानमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भयो । लेस्टर भने टोटेनहमसँग घरेलु मैदानमा ४-२ ले पराजित भयो । दुई पटक अग्रता लिएपनि जित हासिल गर्न नसक्दा लेस्टरले च्याम्पियन्स लिग खेल्ने अवसर गुमायो ।

अंक तालिकामा च्याम्पियन म्यानचेस्टर सिटीको ८६ अंक तथा उपविजेता युनाइटेडको ७४ अंक भयो । लिभरपुल ६९ अंकसहित तेस्रो रहँदा चेल्सी ६७ अंकसहित चौथो रहयो । पाँचौ स्थानको लेस्टरले ६६ अंक मात्र जोड्न सक्यो । छैटौं स्थानमा वेस्ट ह्याम ६५ अंक जोड्दै युरोपा लिगका लागि छनोट भयो । टोटेनहम ६२ अंक जोड्दै सातौं तथा आर्सनल ६१ अंकसाथ् आठौं भयो ।

लेस्टरले खेलमा दुई पटक अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । पहिलो हाफमा जेमी भार्डीले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । स्पर्सका ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफमा भार्डीले पेनाल्टी मार्फत नै गोल गर्दै लेस्टरको अग्रता पुन: स्थापना गरेका थिए ।

तर ह्युङ मिन सनको कर्नर लेस्टरका गोलरक्षक कास्पर स्माइकललाई लाग्दै गोल भएपछि टोटेनहम खेलमा फर्किएको थियो । ग्यारेथ बेलले खेलको ४ मिनेट समय बाँकी रहँदा गोल गरेपछि टोटेनहम जितनजिक पुगेको थियो । उनले ह्यारी केनको पासलाई पेनाल्टी क्षेत्र बाहिरबाट गोलमा परिणत गरेका थिए । इन्ज्युरी समयको अन्तिम मिनेटमा बेलले कमजोर डिफेन्सको फाइदा उठाउँदै जित पक्का गरे ।

चेल्सी भने खेलको ४३ औं मिनेटमा बार्टरान्ड ट्राओरेको गोलमा पछि परेको थियो । दोस्रो हाफमा अनवर एल घाजीले गोल गर्दै भिल्लालाई २-० को अग्रता दिलाए । बेन चिल्वेलले ७० औं मिनेटमा गोल फर्काएपनि चेल्सीले खेलमा फर्कन सकेन । ८९ औं मिनेटमा कप्तान सेजार एज्पिलीक्वेटा रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए ।

लिगको अर्को खेलमा च्याम्पियन म्यानचेस्टर सिटीले एभर्टनमाथि ५-० को सहज जित दर्ता गर्यो । सिटीका लागि अन्तिम खेल खेलिरहेका फरवार्ड सर्जियो अगुएरोले २ गोल गरे । उनले दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै गोल गरेका थिए । सिटीका लागि केभिन डे ब्रुएन, ग्याब्रिएल जेसस र फिल फोडेनले १-१ गोल गरे ।

लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० ले हरायो । साडियो मानेको दुई गोल नै लिभरपुलको तेस्रो स्थान पक्का गर्न पर्याप्त रहयो । म्यानचेस्टर युनाइटेडले वल्भ्समाथि २-१ को जित दर्ता गर्यो । एन्थोनी एलांगा र जुआन माटाले युनाइटेडका लागि गोल गर्दा नेल्सन समेडोको बराबरी गोल खेर गयो ।

त्यस्तै आर्सनलले ब्राइटनलाई २-० ले पराजित गर्यो । आर्सनलको जितमा दुवै गोल निकोलस पेपेले दोस्रो हाफमा गरे । वेस्ट ह्यामले साउथह्याम्पटनमाथि ३-० को जित निकाल्यो । वेस्ट ह्यामको जितमा पाब्लो फोर्नाल्सले २ तथा डेक्लन राइसले १ गोल गरे ।

लिड्स युनाइटेडले वेस्ट ब्रोममाथि ३-१ को जित निकाल्यो । लिड्सका लागि रोड्रीगो, काल्भिन फिलिप्स र प्याट्रिक बामफर्डले १-१ गोल गरे । सेफिल्डले डेविड मक्गोल्डरिकको गोलमा बर्नालीलाई १-० ले हरायो । न्युकासलले फुलहममाथि २-० को जित दर्ता गर्यो । जो विलक र फाबियन सारले न्युकासलका लागि गोल गरे ।

यो पनि : प्रिमियर लिगबाट अगुएरोको यादगार बिदाइ

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.