default_image

3 years ago

May 24, 2021

केनलाई दोहोरो उपाधि

एजेन्सी – टोटेनहम हट्सपरका फरवार्ड ह्यारी केनले इंग्लिस प्रिमियर लिगमा दोहोरो व्यक्तिगत उपाधि जितेका छन् । लिगको अन्तिम खेलमा लेस्टरविरुद्ध गोल र असिस्ट प्रदान गरेका केनले प्रिमियर लिगको सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्ट प्रदान गर्दै उत्कृष्ट प्लेमेकरको उपाधि जितेका हुन् । आइतबार टोटेनहमले लेस्टरलाई ४-२ ले पराजित गर्दा केनले १ गोल र १ असिस्ट दिएका […]

50 views

0 Bookmark

एजेन्सी – टोटेनहम हट्सपरका फरवार्ड ह्यारी केनले इंग्लिस प्रिमियर लिगमा दोहोरो व्यक्तिगत उपाधि जितेका छन् ।

लिगको अन्तिम खेलमा लेस्टरविरुद्ध गोल र असिस्ट प्रदान गरेका केनले प्रिमियर लिगको सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्ट प्रदान गर्दै उत्कृष्ट प्लेमेकरको उपाधि जितेका हुन् । आइतबार टोटेनहमले लेस्टरलाई ४-२ ले पराजित गर्दा केनले १ गोल र १ असिस्ट दिएका थिए ।

केनले जारी सिजन २३ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जितेका हुन् । उनलाई यस उपाधिका लागि पछ्याइरहेका लिभरपुलका मोहमद सलाहले गोल थप्न सकेनन् । उनले २२ गोल गर्दै दोस्रो स्थानमा रहे । म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस १८ गोलसहित तेस्रो स्थानमा थिए ।

यस्तै केनले सर्वाधिक असिस्ट गर्दै उत्कृष्ट प्लेमेकरको उपाधि पनि जिते । उनले सिजनभर १४ असिस्ट गरेका थिए । उनलाई समान १२ असिस्ट प्रदान गर्दै ब्रुनो फर्नान्डेस र केभिन डे ब्रुएनले पछ्याएका थिए । टोटेनहमकै ह्युङ मिन सन र ज्याक ग्रिलिसले १०-१० असिस्ट दिए ।

प्रिमियर लिगको गोल्डेन ग्लोभको उपाधि म्यानचेस्टर सिटीका एडरसनले जिते । उनले लिग अवधिभर १९ खेलमा गोल खाएका थिएनन् । दोस्रो स्थानमा चेल्सीका एडुआर्ड मेन्डीले १६ क्लिन्ट सिट राखे ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.