default_image

3 years ago

May 24, 2021

सानदार जितसँगै युभेन्टस च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – अन्तिम खेलमा फराकिलो जित दर्ता गर्दै युभेन्टस अर्को सिजन यूईएफए च्याम्पियन्स लिगका लागि छनोट भएको छ । इटालियन सिरी ए अन्तर्गत आइतबार भएको अन्तिम चरणको खेलमा आफू अनुकूल नतिजा आएपछि युभेन्टस शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट भएको हो । युभेन्टसले बोलोग्नाको मैदानमा ४-१ को जित दर्ता गर्दा नेपोली भेरोनासँग १-१ को बराबरीमा […]

52 views

0 Bookmark

एजेन्सी – अन्तिम खेलमा फराकिलो जित दर्ता गर्दै युभेन्टस अर्को सिजन यूईएफए च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।

इटालियन सिरी ए अन्तर्गत आइतबार भएको अन्तिम चरणको खेलमा आफू अनुकूल नतिजा आएपछि युभेन्टस शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट भएको हो । युभेन्टसले बोलोग्नाको मैदानमा ४-१ को जित दर्ता गर्दा नेपोली भेरोनासँग १-१ को बराबरीमा रोकिएपछि शीर्ष ४ समिकरण अन्तिम दिनमा परिवर्तन भएको थियो ।

च्याम्पियन्स लिग दौडकै अर्को खेलमा एसी मिलानले एटलान्टालाई २-० ले पराजित गर्दै लिगको उपविजेता बन्न सफल रहयो । यसअघि नै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको एटलान्टा भने चौथो स्थानमा रहँदै लिग अन्त्य गर्न पुग्यो ।

अंक तालिकामा च्याम्पियन इन्टरले ३८ खेलमा २८ जित, ७ बराबर र ३ हारसहित ९१ अंक जोड्यो । दोस्रो स्थानको एसी मिलानले २४ जित र समान ७-७ हार र बराबरीका साथ ७९ अंक बनायो ।

एटलान्टा र युभेन्टस समान ७८ अंक रहेपनि हेड टु हेडमा एटलान्टा तेस्रो स्थानमा रहयो । दुवै टोलीले लिगमा २३ जित, ९ बराबरी र ६ हारको नतिजा निकालेका थिए । नेपोली भने ७७ अंक जोड्दै युरोपा लिगमा सिमित हुन पुग्यो ।

सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको युभेन्टसले खेलको छैटौं मिनेटमा नै फेडेरिको किएजाको गोलमा अग्रता लिएको थियो । एड्रिएन राबीओटको प्रहार क्रसबारमा लागेर फर्केपछि किएजाले ६ यार्ड बक्स नजिकबाट गोल गरेका थिए ।

२९ औं मिनेटमा अल्भारो मोराटाले युभेन्टसको अग्रता दोब्बर पारे । पाउलो डिबालाले पेनाल्टी क्षेत्रभित्र सुन्दर मुभ बनाउँदै गरेको प्रहारलाई मोराटाले गोललाइन अघिबाट गोलरक्षक नभएको अवस्थामा हेडरमार्फत गोल गरेका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा राबीओटले गोल गर्दै युभेन्टसलाई ३-० को अग्रता दिलाए । उनले डेजान कुलुसेभ्सकीको पासलाई वन भर्सेस वनको स्थितिमा फिनिस गर्दै सहज जिततर्फ उन्मुख गराएका थिए ।

दोस्रो हाफको सुरुवातमा नै मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को स्कोर बनाए । उनले गोलरक्षक वोजचिएक सेचेज्नीको लामो पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रभित्र लगेर गोल गरेका थिए ।

त्यसपछि कुलुसेभ्सकीले गोल गरेपनि उक्त मुभ बनाउने क्रममा अफसाइड भएपछि गोलले मान्यता पाएन । ८५ औं मिनेटमा रिकार्डो ओर्सोलिनीले रोड्रीगो पालासियोको पासमा गोल गर्दै सान्तवना गोल फर्काए ।

एसी मिलानले एटलान्टाको मैदानमा पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । खेलको ४३ औं मिनेटमा फ्रान्क केसीले पेनाल्टीमा गोल गरेका थिए । पेनाल्टी क्षेत्रभित्र थिओ हर्नान्डेजलाई लडाएपछि प्राप्त पेनाल्टीमा केसीले कुनै गल्ति गरेनन् ।

केसीले नै दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै मिलानको च्याम्पियन्स लिग यात्रा सुनिश्चित गरे । रोबिन गोसेन्सले ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा गोल गर्दै केसीले मिलानको जित पक्का गरे ।

नेपोलीले निकै प्रतिस्पर्धात्मक खेलमा अग्रता लिन दोस्रो हाफ कुर्नुपरेको थियो । टोलीका लागि भेरोनाका पूर्व खेलाडी अमिर रहमानीले ६१ औं मिनेटमा गोल गरेका थिए । कर्नरमा आएको रिबाउन्डलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट गोलमा परिणत गरेका थिए ।

भेरोनाले ६९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्यायो । मार्को फाराओनिले कोरे गन्टरको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । त्यसपछि थप गोल हुन नसक्दा नेपोली पाँचौ स्थानमा रहँदै युरोपा लिग खेल्न बाध्य भयो ।

यो पनि : पिएसजीलाई पछि पार्दै लिल बन्यो च्याम्पियन!

चेल्सी र लिभरपुल च्याम्पियन्स लिगमा, लेस्टर पाँचौ

केनलाई दोहोरो उपाधि

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.