default_image

3 years ago

May 24, 2021

पिएसजीलाई पछि पार्दै लिल बन्यो च्याम्पियन!

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पछि पार्दै लिलले फ्रान्सेली लिगको उपाधि जितेको छ । आइतबार भएको अन्तिम चरणको खेलमा एन्जर्समाथि २-१ को जित दर्ता गर्दै लिल लिग च्याम्पियन बनेको हो । पिएसजीले आफ्नो खेलमा ब्रेस्टमाथि २-० को जित हासिल गरेपनि उपाधिको सिलसिलामा पूर्णविराम लागेको हो । लिलले पिएसजीलाई १ अंकले पछि […]

53 views

0 Bookmark

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पछि पार्दै लिलले फ्रान्सेली लिगको उपाधि जितेको छ ।

आइतबार भएको अन्तिम चरणको खेलमा एन्जर्समाथि २-१ को जित दर्ता गर्दै लिल लिग च्याम्पियन बनेको हो । पिएसजीले आफ्नो खेलमा ब्रेस्टमाथि २-० को जित हासिल गरेपनि उपाधिको सिलसिलामा पूर्णविराम लागेको हो । लिलले पिएसजीलाई १ अंकले पछि पार्दै आधिपत्य तोडेको छ ।

लिलले लिगको ३८ खेलमा ८३ अंक जोड्दा पिएसजी ८२ अंकमा सिमित भयो । लिलले २४ जित, ११ बराबरी खेल्दा ३ खेलमा मात्र हार बेहोर्यो । यता पिएसजीले भने २६ खेलमा जित हात पार्दै ४ बराबरी खेल्दा ८ खेलमा पराजय भोगेको थियो ।

एन्जर्सविरुद्ध लिलले खेलको दशौं मिनेटमा जोनाथन डेविडको गोलमा अग्रता लिएको थियो । पोर्चुगिज मिडफिल्डर रेनाटो सान्चेसको पासलाई सदुपयोग गर्दै डेविडले लिललाई उपाधि नजिक पुर्याएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा बुराक यिल्माजले गोल गर्दै लिलको अग्रता दोब्बर पारे ।

इन्ज्युरी समयमा एन्जेलो फुगीलिनीले गोल गर्दै एन्जर्सलाई खेलमा फर्काउने सम्भावना देखाएका थिए । तर लिल आफ्नो अग्रतामा कायम रहँदै चौथो पटक लिग जित्न सफल रहयो । लिलले सन् २०११ पछि पहिलो पटक उपाधि जितेको हो ।

यता पिएसजीले ३७ औं मिनेटमा रोमान फाभ्रको आत्मघाती गोलमा अग्रता बनाएको थियो । एन्जल डी मारियाले प्रहार गरेको कर्नरमा फाभ्र आत्मघाती गोल गर्न पुगेका थिए । त्यसअघि ब्राजिलियन फरवार्ड नेयमार पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । डी मारियालाई फाभ्रले लडाएपछि प्राप्त पेनाल्टीलाई नेयमारले बाहिर प्रहार गरेका थिए ।

दोस्रो हाफको ७१ औं मिनेटमा किलियन एमबाप्पेले पिएसजीको अग्रता दोब्बर पारे । उनले डी मारियाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । एमबाप्पेले गोलरक्षकलाई छलाएपछि डिफेन्डरले लडाएपनि खालि पोस्टमा गोल गर्न सफल रहेका थिए ।

यो पनि : सानदार जितसँगै युभेन्टस च्याम्पियन्स लिगमा छनोट

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.