default_image

3 years ago

May 24, 2021

रियल र बार्सिलोनालाई च्याम्पियन्स लिगमा कठिन

एजेन्सी – युरोपको जारी फुटबल सिजन सकिने क्रममा छ । च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल यो साता हुँदैछ । तर, अर्को वर्ष हुने च्याम्पियन्स लिगका लागि समूह चरणको एउटा आकार भने लिइसकेको छ । युरोपका घरेलु लिगहरुको समाप्तीसँग च्याम्पियनलिगको समूह चरणका सम्भाविता प्रतिद्वन्द्वि प्रष्ट भएका छन् । स्पेनिस लिग उपाधि जित्न नसकेका रियल र […]

40 views

0 Bookmark

एजेन्सी – युरोपको जारी फुटबल सिजन सकिने क्रममा छ । च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल यो साता हुँदैछ । तर, अर्को वर्ष हुने च्याम्पियन्स लिगका लागि समूह चरणको एउटा आकार भने लिइसकेको छ ।

युरोपका घरेलु लिगहरुको समाप्तीसँग च्याम्पियनलिगको समूह चरणका सम्भाविता प्रतिद्वन्द्वि प्रष्ट भएका छन् । स्पेनिस लिग उपाधि जित्न नसकेका रियल र बार्सिलोना च्याम्पियन्स लिगको समूह विभाजन हुँदा पट २ मा रहनेछन् । ला लिगामा उपाधि जित्न नसकेको रियल दोस्रो तथा बार्सिलोना तेस्रो स्थानमा रहेका थिए । ला लिगा जितेको एट्लेटिको म्याड्रिड पट १ मा रहनेछ ।

एट्लेटिकोसँगै म्यानचेष्टर सिटी, बायर्न म्युनिख, इन्टर, लिल र स्पोर्टिङ लिस्बन पट १ मा रहनेछन् । लिलले लिग वानको उपाधि जितेसँगै अब रियल र बार्सिलोनाले समूह चरणमा पेरिस सेन्ट जर्मेन (पिएसजी) को भने सामना गर्नुपर्ने छैन । किनकी पिएसजी पनि रियलसँगै पट २ मा रहेछ । युभेन्टस, लिभरपुल र सेभिया पनि पट २ मा रहने पक्का भएको छ ।

पट १ का अन्य टोलीको टुंगो च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल पछि तय हुनेछ । बुधबार भिल्लारियल र म्याचटेष्टर युनाइटेडबीच युरोपा फाइनल तथा शनिबार चेल्सी र सिटीबीच च्याम्पियन्स लिग फाइनल भएसँगै जारी सिजन समाप्त हुनेछ । दुवै उपाधि विजेता पट १ मा हुनेछन् ।

यो पनि : स्पेनको युरो टोलीमा रियल म्याड्रिडका खेलाडी परेनन्

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.