default_image

3 years ago

May 25, 2021

बेलको भविष्य अनिश्चित

एजेन्सी – रियल म्याड्रिडमा नियमित रुपमा पहिलो रोजाईमा पर्न नसक्दा ग्यारेथ बेल निराश थिए । प्रशिक्षक जिनेदिन जिदानसँगको उनको सम्बन्ध पनि खास राम्रो थिएन । बढी मौकाका लागि उनी प्रिमियर लिग टोली टोटेनहममा एक वर्षको लोनमा फर्केका थिए । प्रिमियर लिगको सिजन शनिबार सकिएसँगै बेलको टोटेनहम बसाइ पनि अन्त्य भएको छ । अब बेलको भविष्य अब के हुन्छ भन्नेमा चर्चा सुरु […]

71 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडमा नियमित रुपमा पहिलो रोजाईमा पर्न नसक्दा ग्यारेथ बेल निराश थिए । प्रशिक्षक जिनेदिन जिदानसँगको उनको सम्बन्ध पनि खास राम्रो थिएन । बढी मौकाका लागि उनी प्रिमियर लिग टोली टोटेनहममा एक वर्षको लोनमा फर्केका थिए ।

प्रिमियर लिगको सिजन शनिबार सकिएसँगै बेलको टोटेनहम बसाइ पनि अन्त्य भएको छ । अब बेलको भविष्य अब के हुन्छ भन्नेमा चर्चा सुरु भइसकेको छ । वेल्सका विंगर बेलको रियलसँग एक वर्षको साम्झौता अझै बाँकी छ । त्यसअर्थ उनी अर्को सिजन रियल फर्कनु पर्ने हुन्छ । तर अहिले बेल आफ्नो भविष्यका विषयमा बोल्न चाहिरहेका छैनन् ।

‘मेरो निर्णय के हुन्छ भन्ने युरो पनि मात्र थाहा हुन्छ । के गर्नुपर्छ भन्ने मलाई थाहा छ तर अहिले नै त्यो भन्दा राम्रो हुँदैन,’ उनले भने, अहिले म अरु विषयमा भन्दा पनि वेल्सका बारेमा सोचिरहेको छु ।’

टोटेनहमका लागि सबै प्रतियोगितामा बेलले १६ गोल गरे । अन्तिम दिन लेष्टरविरुद्धको खेलमा उनको २ गोलको मद्दतमा टोली ४–२ ले विजयी भएको थियो । त्यहि जितले टोली यूईएफए युरोपा कन्फ्रेन्स लिगका लागि छनोट भएको थियो । यसै सिजन सुरु भएको प्रतियोगिता युरोपेली क्लबको तेस्रो श्रेणीको प्रतियोगिता हो ।

बेल सम्मिलित वेल्सले युरोको समूह ए मा टर्की, इटाली र स्विटजरल्यान्डको सामना गर्दैछ । वेल्सले पहिलो खेल स्विटजरल्यान्डसँग १२ जुनमा खेल्दैछ ।

यो पनि : युरो कपको खेल तालिका नेपाली समयअनुसार

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.