5 years ago
May 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवाल जाने भएका छन् । कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि मंगलबार यात्रामा निस्कँदैछ ।

नेपाल र इराकको राष्ट्रिय टोलीबीच जेठ १५ गते हुने मैत्रीपूर्ण खेल तय छ । नेपाली टोली मंगलबार राती कतार एयरवेजमार्फत दोहा हुँदै इराक पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाको आग्रहमा आफू राष्ट्रिय टोलीका साथ जान लागेको सदस्य सचिव सिलवालले बताए ।
‘तपाई जाँदा टोलीको मनोबल बढ्छ भन्ने एन्फा अध्यक्ष लगायत पदाधिकारीको आग्रह रह्यो,’ उनले भने, ‘त्यसैले जाँदैछु ।’
सिलवालले इराक र कुवेतका सरकारी खेलकुद निकायका पदाधिकारीसँग भेटघाट हुने बताएका छन् । गत वर्ष दोस्रो पटक सदस्य सचिव बनेका सिलवाल फुटबल टोलीसँय यात्रामा जान लागेका यो पहिलो पटक हो ।
जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जाने एन्फा अध्यक्षले जानकारी दिए । त्यहाँ टोलीले ३ वटा विश्व कप र एसिया कप छनोटका खेल्नेछ । नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन ।
अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ । अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ ।
विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ । २३ खेलाडीसहित ३६ सदस्यी टोलीको आउने जाने हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले बेर्होने यसअघि नै एन्फाले जानकारी दिएको थियो ।
यो पनि पढ्नुहोस : यसपटक नरोकियोस् फुटबलमा परिवर्तन
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]