default_image

3 years ago

May 25, 2021

रोनाल्डोद्वारा युभेन्टस छाड्ने संकेत

एजेन्सी – सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाड्ने संकेत गरेका छन् । सामाजिक संजालमा लामो स्टाटस लेख्दै रोनाल्डोले आफ्नो योजना अनुसार इटालीमा सफलता प्राप्त गरेको दाबी गरेका छन् । रोनाल्डोको युभेन्ट्ससँगको सम्झौता सन् २०२२ सम्म रहेको छ । तर उनी युभेन्ट्स छाडेर ठूला युरोपियन क्लब रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन र म्यानचेष्टर युनाइटेडमध्ये एक क्लब जान […]

64 views

0 Bookmark

एजेन्सी – सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाड्ने संकेत गरेका छन् । सामाजिक संजालमा लामो स्टाटस लेख्दै रोनाल्डोले आफ्नो योजना अनुसार इटालीमा सफलता प्राप्त गरेको दाबी गरेका छन् ।

रोनाल्डोको युभेन्ट्ससँगको सम्झौता सन् २०२२ सम्म रहेको छ । तर उनी युभेन्ट्स छाडेर ठूला युरोपियन क्लब रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन र म्यानचेष्टर युनाइटेडमध्ये एक क्लब जान सक्ने चर्चा सुरु भएको छ । रोनाल्डोको पछिल्लो सन्देशलाई पनि युभेन्ट्स छाड्ने संकेतका रुपमा हेरिएको छ ।

‘शीर्ष खेलाडीको जीवन र खेल जीवनमा उतरचढाव हुन्छ ,’ रोनाल्डोले लेखेका छन्, ‘वर्षेदेखि हामीले उत्कृष्ट टोलीको सामना गरेका छौं, असाधारण खेलाडीसँग खेलेका छौ र महत्वकांक्षी गोल गरेका छौं । हामीले जहिले पनि आफ्नो तर्फबाट माथिल्लो स्तरमा खेल्ने प्रयास गरेका छौं ।’

रोनाल्डोले यो वर्ष सिरिए जित्न नसकेको विषयमा उल्लेख गरेका छन् । ‘यो वर्ष हामीले सिरिए जित्न सकेनौ । इन्टरलाई सिरिए का लागि बधाई छ । इन्टर उपाधिका लागि हकदार थियो । समूहगत र व्यक्तिगत रुपमा हामीले यो सिजन युभेन्ट्सका लागि जति सफलता प्राप्त गर्यौं त्यसको महत्व छ,’ उनले भनेका छन् ।

‘हामीले पछिल्लो दुई वर्षमा इटालियन सुपर कप, इटालियन कप र सिरिए जित्यौं । त्यसमा मैले उच्च गोलकर्ता जित्न सफल भएँ । यस्तो कठिन अवस्थामा पनि हामीले सफलता प्राप्त गर्यौं , जहाँकी यो देशमा जित्न सहज छैन ।’

रोनाल्डोले व्यक्तिगत उपलब्धीका बारेमा पनि उल्लेख गरेका छन् । ‘यो सबै उपाब्धिमा मैले आफ्नो लक्ष्य प्राप्त गरेको छु । मैले इटाली आएको पहिलो दिनबाट आफ्नो लक्ष्य प्रष्ट गरेको थिए,’ उनले लेखेका छन्, ‘लिग च्याम्पियसिप, लिग कप र सुपर कप उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जितें । फुटबल लोकप्रिय भएको यो देशमा उत्कृष्ट खेलाडी, महान क्लब र यहाँको फुटबल संस्कार भएको ठाँउमा सफलता प्राप्त गरें ।’

रोनाल्डोले आफू कीर्तिमान पछ्याउने नभई कीर्तिमानले आफूलाई पछ्याउने दोहोर्याएका छन् । ‘जसले मेरो भावना बुझ्दैन उनीहरुलाई भन्न चाहन्छु । फुटबल भनेको सामूहिक खेल हो । तर त्यो व्यक्तिको सहयोगमै टोलीले उपलब्धी हासिल गर्छ,’ उनले थपेका छन्, ‘मैदानमा बढी भन्दा बढी त्यसका लागि प्रयास गरिन्छ । कीर्तिमान पनि उपाधिसँगै जोडिएर आउँछ । त्यसले केहि संयोग पनि बन्छ ।’

रोनाल्डोले आफ्नो तथ्याङ्कमा गर्व महसुस गरेको पनि उल्लेख गरेका छन् । ‘इङ्ल्यान्ड, स्पेन र स्पेनमा च्याम्पियन बने । तीनै देशमा कप , सुपर कप जिते, ती सबैमा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बने । सबै देशको क्लबका १ सय भन्दा बढी गोल गरे,’ उनले भनेका छन्, ‘हरेक देशमा खेल्दा एउटा कोसेढुंगा पूरा गर्दा खुसी लाग्छ । जसले मैल ती क्लबका समर्थकलाई खुसी पारेको छु । म अन्तिम दिन सम्म पनि यस्तै प्रयास गर्नेछु ।’ उनले आफ्नो यात्राका सहकर्मीलाई धन्यवाद दिदै सबै सँगै उभिने पनि बताएका छन् ।

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.