default_image

3 years ago

May 25, 2021

हाजार्डको रियल छाड्ने चाहना

एजेन्सी – रियल म्याड्रिडमा अर्को कठिन सिजन बिताएका इडन हाजार्ड प्रिमियर लिग नै फर्कने चाहेको बताइएको छ । जुन उपेक्षा साथ हाजार्ड चेल्सीबाट रियल पुगेका थिए, त्यहाँ उनी सफल हुन सकेनन् । पटक पटकको चोट कारण उनले जिनेदिन जिदानको टोलीमा कमै मात्र अवसर पाएका थिए । रियल म्याड्रिड निकट पत्रकार इडु अगुरीले रियलमा उत्कृष्ट प्रदर्शन गर्न […]

38 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडमा अर्को कठिन सिजन बिताएका इडन हाजार्ड प्रिमियर लिग नै फर्कने चाहेको बताइएको छ । जुन उपेक्षा साथ हाजार्ड चेल्सीबाट रियल पुगेका थिए, त्यहाँ उनी सफल हुन सकेनन् ।

पटक पटकको चोट कारण उनले जिनेदिन जिदानको टोलीमा कमै मात्र अवसर पाएका थिए । रियल म्याड्रिड निकट पत्रकार इडु अगुरीले रियलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेकोमा हाजार्ड आफैले महसुस गरेको र उनी त्यहाँबाट पुनः चेल्सीनै फर्कन चाहेको बताएका छन् । पेरिस सेन्ट जर्मेनका युवा स्टार केलियन एमबाप्पले रियलमा आउने सम्भावना बढेका कारण पनि हाजार्डका लागि सहज हुने छैन ।

एमबाप्पे रियलमा आबद्ध भएका खण्डमा हाजार्डको भूमिका कम हुने सम्भावना रहन्छ । तर रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेज भने टोलीका सर्वाधिक महंगो खेलाडीलाई अन्यत्र पठाउने पक्षमा छैनन् । हजार्डको रियलसँगको सम्झौता सन् २०२४ सम्म रहेको छ ।

हाजार्ड १ सय मिलियन युरोमा चेल्सीबाट रियलमा आबद्ध भएका थिए । रियलमा आबद्ध भएयता हाजार्डले ४३ खेलमा मात्र ५ गोल गर्न सकेका छन् । सुरुवाती दुवै सिजन हाजार्ड चोटका कारण अधिकांश समय बाहिर रहेका छन् । लिलमा फ्रान्सेली लिग उपाधि जितेर चेल्सी पुगेका उनले लन्डन क्लबमा पनि उच्च प्रदर्शन गरेका थिए । रियलमा भने उनी जम्न सकेका छैनन् ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.