default_image

3 years ago

May 26, 2021

डिबाला भित्र्याउने एटलेटिकोको प्रयास

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि जितेपछि अब एटलेटिको म्याड्रिडको ध्यान अर्को सिजनका लागि खेलाडी अनुबन्धनमा रहेको छ । क्लबले अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई भित्र्याउन प्रयास सुरु गरेको छ । डिबालाले पछिल्लो सिजन युभेन्टसमा खासै अवसर पाएनन् । क्रिस्टियानो रोनाल्डोको आगमनसँगै आफ्नो महत्त्व घटेको महसुस गरेका उनले क्लब छाड्ने बलियो सम्भावना रहेको छ । र […]

85 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि जितेपछि अब एटलेटिको म्याड्रिडको ध्यान अर्को सिजनका लागि खेलाडी अनुबन्धनमा रहेको छ । क्लबले अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई भित्र्याउन प्रयास सुरु गरेको छ ।

डिबालाले पछिल्लो सिजन युभेन्टसमा खासै अवसर पाएनन् । क्रिस्टियानो रोनाल्डोको आगमनसँगै आफ्नो महत्त्व घटेको महसुस गरेका उनले क्लब छाड्ने बलियो सम्भावना रहेको छ । र एटलेटिको आफ्नो आक्रमण सुदृढ पार्नका लागि डिबालालाई अनुबन्ध गर्न चाहन्छ ।

युभेन्टस र एटलेटिको दुवै कोरोनाका कारण आर्थिक मारमा छन् । त्यसैले पनि यो ट्रान्सफरमा दुवै टोलीबाट खेलाडी साटफेरसँगै केहि मात्रामा रकम प्रयोग हुनेछ । युभेन्टसले डिबालाका लागि अर्जेन्टिनी विंगर एन्जल कोर्रियाको माग गर्दै आएको छ । तर डिएगो सिमिओनी उनलाई जान दिने पक्षमा छैनन् ।

एटलेटिकोले युभेन्टसलाई अर्को विकल्प भने दिएको छ । हाल लोनमा इटालियन क्लब पुगेका फरवार्ड अल्भारो मोराटालाई यस ट्रान्सफरमा सहभागी गराउने सम्भावना प्रबल छ । मोराटाले यस सिजन लोनमा गएर आफ्नो प्रभाव जमाएका थिए । एटलेटिको उनलाई स्थायी रुपमा पठाएर डिबाला अनुबन्ध गर्न चाहन्छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.