default_image

3 years ago

May 26, 2021

युरोका लागि नेदरल्यान्ड्सको टोली घोषणा

एजेन्सी – नेदरल्यान्ड्सका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फ्रान्क डे बोएरले युरोपेली च्याम्पियनसिपका लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् । यसअघि घोषणा गरिएको ३४ सदस्यीय प्रारम्भिक टोलीबाट टोटेनहम हट्स्परका विंगर स्टिभन बर्गवाइन अन्तिम टोलीमा अटाउन सकेनन् । यस्तै सन् २०१० मा विश्कप फाइनल खेलेका गोलरक्षक मार्टेन स्टेकेलेनबर्ग भने टोलीमा समेटिएका छन् । डेब्यु […]

64 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्सका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फ्रान्क डे बोएरले युरोपेली च्याम्पियनसिपका लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।

यसअघि घोषणा गरिएको ३४ सदस्यीय प्रारम्भिक टोलीबाट टोटेनहम हट्स्परका विंगर स्टिभन बर्गवाइन अन्तिम टोलीमा अटाउन सकेनन् । यस्तै सन् २०१० मा विश्कप फाइनल खेलेका गोलरक्षक मार्टेन स्टेकेलेनबर्ग भने टोलीमा समेटिएका छन् । डेब्यु गर्न बाँकी रहेका युवा फरवार्ड कोडी गाक्पो पनि युरोमा टोलीसँग हुनेछन् ।

गोलरक्षक मारको बिजोतसँगै अनवर एल घाजी, हान्स हाटबोएर, रिक कार्सडर्प, जेरेमी सेन्ट जस्त, केनी टेटे र टोनी भिलेन्हाले पनि अन्तिम टोलीमा स्थान पक्का गर्न सकेनन् । नेदरल्यान्ड्स यसअघि नै कप्तान भर्जील भान डाइकबिना युरोमा सहभागी हुने पक्का भएको थियो ।

नेदरल्यान्ड्सको अन्तिम टोली शुक्रबार भेट भएर एक साता लामो प्रशिक्षणका लग पोर्चुगल प्रस्थान गर्नेछ । टोलीले जुन २ मा स्कटल्यान्ड र जुन ६ मा जर्जियासँग वार्मअप खेल खेल्नेछ । नेदरल्यान्ड्सले युरोको समूह सी अन्तर्गत जुन १३ मा युक्रेनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

अन्तिम टोली :

गोलरक्षक : जास्पर सिलेसन, टिम क्रुल, मार्टेन स्टेकेलेनबर्ग

डिफेन्डर : नाथन आके, डेली ब्लिन्ड, म्याथिस डे लिग्ट, स्टेफान डे भ्रिज, डेन्जेल डमफ्राइज, जुरिएम टिम्बर, प्याट्रिक भान आनहल्ट, जोल भेल्टम्यान, ओवेन विन्दाल

मिडफिल्डर : फ्रेंकी डे जोङ, मार्टेन डे रुन, रायन ग्राभनबर्च, डेभि क्लासेन, तिउन कुपमेनेर्स, डोनी भान डे बिक, जर्जिनियो वाइनाल्डम

फरवार्ड : स्टिभन बर्घिअस, लुक डे जोङ, मेम्फीस डिपाए, कोडी गाक्पो, डोनी मालेन, क्विन्सी प्रोमेस, वुट वेघोर्स्ट

यो पनि : युरो कपको खेल तालिका नेपाली समयअनुसार

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.