default_image

3 years ago

May 28, 2021

युभेन्टसद्वारा प्रशिक्षक पिर्लो बर्खास्त

एजेन्सी – इटालियन टोली युभेन्टसले प्रशिक्षक आन्द्रीए पिर्लोलाई जिम्मेवारी दिएको एक सिजनमा नै बर्खास्त गरेको छ । सन् २०१२ पछि पहिलो पटक लिग उपाधि जित्न नसकेपछि क्लबले पिर्लोलाई जिम्मेवारीबाट मुक्त गरेको हो । ४२ वर्षीय पिर्लोले माउरिजियो सारीको स्थान लिँदै सिजनको सुरुवातदेखि प्रशिक्षक बनेका थिए । लिग उपाधि जित्न नसकेको युभेन्टसले लिगको अन्तिम चरणमा अन्य […]

43 views

0 Bookmark

एजेन्सी – इटालियन टोली युभेन्टसले प्रशिक्षक आन्द्रीए पिर्लोलाई जिम्मेवारी दिएको एक सिजनमा नै बर्खास्त गरेको छ ।

सन् २०१२ पछि पहिलो पटक लिग उपाधि जित्न नसकेपछि क्लबले पिर्लोलाई जिम्मेवारीबाट मुक्त गरेको हो । ४२ वर्षीय पिर्लोले माउरिजियो सारीको स्थान लिँदै सिजनको सुरुवातदेखि प्रशिक्षक बनेका थिए । लिग उपाधि जित्न नसकेको युभेन्टसले लिगको अन्तिम चरणमा अन्य टोलीको भर परेर च्याम्पियन्स लिगमा स्थान बनाएको थियो ।

खेलाडीका रुपमा सन् २०११ देखि १५ सम्म युभेन्टसमा खेलेका पिर्लोले १ सय ६४ खेल खेलेका थिए । उनले खेलाडीका रुपमा ४ पटक लिग उपाधि जितेका थिए । एसी मिलानबाट युभेन्टस आएका पिर्लोले मिलानमा रहँदा २-२ पटक लिग उपाधि र च्याम्पियन्स लिग जितेका थिए ।

पिर्लोले इटालीको राष्ट्रिय टोलीका लागि १ सय १६ खेल खेलेका थिए । उनले सन् २००६ को विश्वकप जिताउँदा प्रभावशाली प्रदर्शन गरेका थिए । पिर्लोलाई प्रशिक्षक नियुक्त गर्ने निर्णयले धेरैलाई आश्चर्यमा परेको थियो । पहिलो सिजनमा नै इटालियन सुपर कप र कोप्पा इटालिया जितेपनि पिर्लोले आफ्नो जागिर बचाउन सकेनन् ।

युभेन्टसले अब पूर्व प्रशिक्षक मासिमिलानो एलेग्रीलाई पुन: प्रशिक्षक नियुक्त गर्ने संभवाना रहेको छ । एलेग्रीले युभेन्टसलाई सन् २०१४ देखि २०१९ सम्म हेरेका थिए । हरेक सिजन लिग उपाधि जितेका उनले दुई पटक च्याम्पियन्स लिग फाइनल पुर्याएका थिए । एलेग्री पछिल्लो समय जिम्मेवार विहिन रहँदै आएका छन् ।

यो पनि पढ्नुहोस : रोनाल्डो र मेस्सी : तथ्यांकमा को अगाडि ?

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.