default_image

3 years ago

May 28, 2021

नाइकले खोल्यो नेयमारसँग सम्झौता रद्दको कारण

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमारसँगको सम्झौता भंग गरिएको विषयमा नाइकले आफ्नो भनाई सार्वजनिक गरेको छ । यौ न दुर्व्यवहारको आरोप लागेका कारण अमेरिकी कम्पनी नाइकले सम्झौता तोड्न परेको प्रष्ट पारेको छ । यद्दपी नेयमारले भने आरोप अस्वीकार गर्दै आएका छन् । नेयमारले छानविनमा पनि राम्रोसँग सहकार्य गर्न आनाकानी गरेपछि नाइकले सम्झौता […]

74 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमारसँगको सम्झौता भंग गरिएको विषयमा नाइकले आफ्नो भनाई सार्वजनिक गरेको छ ।

यौ न दुर्व्यवहारको आरोप लागेका कारण अमेरिकी कम्पनी नाइकले सम्झौता तोड्न परेको प्रष्ट पारेको छ । यद्दपी नेयमारले भने आरोप अस्वीकार गर्दै आएका छन् । नेयमारले छानविनमा पनि राम्रोसँग सहकार्य गर्न आनाकानी गरेपछि नाइकले सम्झौता रद्द गरेको थियो ।

‘नाइकले खेलाडीसँगको सम्झौता अन्त्य गरेको छ । किनकी उनले आफूमाथि लागेको आरोपमा भएको छानविनमा सहयोग गर्न अस्वीकार गर्दै आएका छन्’, नाइकले विज्ञप्तीमा भनेको छ । प्रायोजन सम्बन्धी सम्झौता सन् २०२० को अगष्टमै भंग भएपनि नाइकले त्यति बेला थप जानकारी दिन चाहेको थिएन । वाल स्ट्रिट जर्नलमा बिहीबार प्रकाशित समाचार प्रकाशितमा छानविन भएरहेको विषयमा सार्वजनिक गरेको छ ।

छानविनमा असर नपरोस भन्नका लागि विगतमा यो विषयमा केहि नबोलेको नाइकेले जनाएको छ । ‘यस विषयमा बोल्नका लागि हामीसँग केहि प्रमाण छैन । कुनै प्रमाण नभएकाले हामीले आरोप सहि भन्ने स्थिति पनि छैन,’ उनले प्रष्ट पारे ।

नेयमारका प्रवक्ताले भने आरोपको खण्डन गरेका छन् । ‘आधारहिन आरोपको विरुद्ध नेयमार अडिग भएर भिड्नेछन् । आरोप लागे केहि भएकै छैन’, नेयमारका प्रवक्तालाई उदृत गर्दै वाल स्ट्रिटले लेखेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.