default_image

3 years ago

May 28, 2021

अलाबा रियल म्याड्रिडमा अनुबन्धित

एजेन्सी – जर्मन महारथी बायर्न म्युनिखका छाडेका अष्ट्रियन डिफेन्डर डेभिड अलाबा स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । अलाबाले रियलसँग ४ वर्षका लागि सम्झौता गरेका हुन् । लेफ्ट ब्याकबाट करिअर सुरु गरेका उनी पछिल्लो समय सेन्टर डिफेन्सका रुपमा खेलिरहेका छन् । उनलाई युरोपमा पछिल्लो समय उत्कृष्ट डिफेन्डरको रुपमा हेरिएको छ । रियलका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोस ३४ वर्ष पार गरिसकेको […]

64 views

0 Bookmark

एजेन्सी – जर्मन महारथी बायर्न म्युनिखका छाडेका अष्ट्रियन डिफेन्डर डेभिड अलाबा स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित भएका छन् ।

अलाबाले रियलसँग ४ वर्षका लागि सम्झौता गरेका हुन् । लेफ्ट ब्याकबाट करिअर सुरु गरेका उनी पछिल्लो समय सेन्टर डिफेन्सका रुपमा खेलिरहेका छन् । उनलाई युरोपमा पछिल्लो समय उत्कृष्ट डिफेन्डरको रुपमा हेरिएको छ ।

रियलका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोस ३४ वर्ष पार गरिसकेको र सम्झौता सकिएपछि अहिले रियल नयाँ डिफेन्डरको खोजीमा थियो । रियलले सेन्टर ब्याकमा पोउ टोरेस, जुलेस कोउन्डे र डिएगो कार्लाेसलाई नजर लगाएपनि म्याड्रिड अलाबा अनुबन्धमा पुगेको हो ।

अलाबालाई बायर्नले क्लबमै राख्न तीन पटक प्रस्ताव गरेपनि उनले क्लब छाड्ने निर्णयमा लिएका थिए । सन् २००८ मा बायर्नमा आएका भर्सटाइल डिफेन्डर अलाबाले त्यसपछि लोनमा ६ महिना अर्काे जर्मन क्लब होफेनहाइनमा पुगेका थिए । त्यसपछि उनी निरन्तर बायर्नमै रहेका थिए ।

अलाबाले बायर्नका लागि हालसम्म ४ सय बढी खेल खेल्दै खेलमा ३२ गोल र ४९ असिस्ट दिँदै २७ उपाधि जितेका छन् । जसमा दुई च्याम्पियन्स लिग, १० जर्मन बुन्डेसलिगा, ६ डिएफवी पोकल, ५ जर्मन सुपर कप, २ युइएफए सुपर कप र दुई क्लब विश्वकप रहेको छ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.