default_image

3 years ago

May 29, 2021

हामेस कोपा अमेरिकाबाट बाहिरिए

एजेन्सी – शारीरिक अवस्था ठिक नभएपछि कोलम्बियाले कोपा अमेरिकाका लागि हामेस रोड्रिग्वेजलाई टोली बाहिर राखेको छ । प्रिमियर लिग टोली एभर्टनका प्ले मेकर गत साता कोलम्बिया पुगेका थिए । केहि समयमा परिवार र साथीहरुसँग बिताएका उनले सँगै जिममा शारीरिक अभ्यास गरेका थिए । तर कोलम्बिया राष्ट्रिय टोलीका मेडिकल स्टाफले उनी पूर्ण रुपमा ठिक अवस्थामा नरहेको […]

43 views

0 Bookmark

एजेन्सी – शारीरिक अवस्था ठिक नभएपछि कोलम्बियाले कोपा अमेरिकाका लागि हामेस रोड्रिग्वेजलाई टोली बाहिर राखेको छ । प्रिमियर लिग टोली एभर्टनका प्ले मेकर गत साता कोलम्बिया पुगेका थिए ।

केहि समयमा परिवार र साथीहरुसँग बिताएका उनले सँगै जिममा शारीरिक अभ्यास गरेका थिए । तर कोलम्बिया राष्ट्रिय टोलीका मेडिकल स्टाफले उनी पूर्ण रुपमा ठिक अवस्थामा नरहेको निष्कर्ष निकालेका छन् ।

चोटका कारण रोड्रिग्वेजको इङ्ल्यान्डमा आफ्नो पहिलो सिजन सोचे जस्तो हुन सकेन । प्रिमियर लिगमा टोलीले अन्तिम खेलमा म्यानचेष्टर सिटीविरुद्ध ५–० को हारमा रोड्रिग्वेज थिएनन् । कोपाको तयारीका लागि उनी स्वदेश फर्केका थिए ।

‘राष्ट्रिय टोलीका प्रशिक्षण टोलीका अनुसार रोड्रिग्वेजले पेरु र अर्जेन्टिनाविरुद्धको विश्व कप छनोट र कोपा अमेरिकाबाट नाम फिर्ता लिएका छन्,’ कोलम्बिया फुटबल संघले प्रेस विज्ञप्तीमा भनेको छ, ‘पछिल्ला दिनमा उनको स्वास्थ्य परिक्षण पनि गरेका थिए । तर अपेक्षा अनुसार फिटनेसमा प्रगती हुन सकेन । त्यसले उनलाई टोलीमा समावेश गर्न सकिएन ।’

रोड्रिग्वेजलाई टोलीमा समेट्न नपाएकोमा प्रशिक्षण टोलीले दुःख माउन गरेको छ । सँगै उनीहरुले रोड्रिग्वेज टोलीमा फर्कने आशा समेत गरेका छन् । कोलम्बियाका लागि ८० खेलमा २३ गोल गरेका रोड्रिग्वेजले २५ गोलमा एसिस्ट गरेका छन् ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.