default_image

3 years ago

May 30, 2021

इराकविरुद्ध हारबारे यसो भन्छन् प्रशिक्षक अलमुताइरी

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल शनिबार इराकसँग पराजित भयो । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६-२ को हार बेहोर्न पुग्यो । पहिलो हाफमा एक समय अग्रता समेत लिएको नेपालले पहिलो हाफको अन्त्यतिर लगातार तीन गोल खाएपछि खेलमा पकड गुमाएको थियो । दोस्रो हाफमा इराकले खेलाडी परिवर्तनसँगै खेलमा आफ्नो गति […]

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल शनिबार इराकसँग पराजित भयो । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६-२ को हार बेहोर्न पुग्यो ।

पहिलो हाफमा एक समय अग्रता समेत लिएको नेपालले पहिलो हाफको अन्त्यतिर लगातार तीन गोल खाएपछि खेलमा पकड गुमाएको थियो । दोस्रो हाफमा इराकले खेलाडी परिवर्तनसँगै खेलमा आफ्नो गति कायम नै राख्दा नेपाल भने कमजोर सावित भयो । नेपालभन्दा निकै माथिल्लो स्तरको इराकविरुद्ध नेपालको प्रदर्शन भने विगतभन्दा केहि सुधारिएको देखियो । विशेषगरि पहिलो रोजाइको खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।

खेलपछि बोल्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेल र टोलीको प्रदर्शनबारे यसो भने :

म सबै नेपाली समर्थकसँग खराब नतिजाको लागि माफी माग्न चाहन्छु । खेलमा २-१ ले अघि भएको बेलामा यस्तो अवसर थियो जसलाई सदुपयोग गरेको भए हामी ३-१ ले अघि हुन्थ्यौ र जित्न पनि सक्थ्यौं । तर हामीले यो १०-१२ दिन प्रशिक्षण गरेर खेलेका हौं । हामीलाई अझै केहि समय चाहिन्छ । केहि धैर्य गर्नुहोस ।

यो नतिजाको सम्पूर्ण जिम्मेवारी म लिन्छु । खेलाडीहरुलाई दोष दिने कुनै ठाउँ छैन । हामीलाई अझ राम्रो प्रदर्शन गर्न केहि समय लाग्छ । हामी विश्वकप छनोटमा पक्कै राम्रो नतिजा आउनेछ ।

आज हामीले धेरै खुसी दिन त सकेनौं, तर अलि अलि आशा दिलाएका छौं । हामीले २ गोल त गर्यौं । केहि खुसी दिन सक्यौं, तर आउने दिनमा नेपाली समर्थकलाई खुसी बनाउने छौं ।

खेलाडीले राम्रो प्रदर्शन गरेका हुन् । अब केहि धैर्य गरेर खेलाडीमाथि विश्वास गर्नुपर्छ । केहि प्रश्न छ भने म माथि उठाउनु पर्छ, खेलाडीलाई होइन । सबै राम्रो हुने आशा छ ।

आजको खेलमा निकै खराब गल्ती भयो । आजको मैदानको अवस्था र नयाँ किसिमको बलले गर्दा पनि हाम्रो गल्ती भएको हो । इराकको चार गोल त यस्तै गल्तीले गर्दा नै सम्भव भयो ।

अब आउने खेलका लागि हामीसँग केहि समय हुन्छ । विश्वकप छनोटमा थप सुधारिएको खेल हुनेछ । र त्यसपछि लामो तयारीले खेलाडीमा अझै राम्रो प्रदर्शन आउने विश्वास दिलाउन चाहन्छु ।

यो पढ्नुहोस : इराकविरुद्ध नेपालको हार

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.