default_image

3 years ago

May 30, 2021

डेब्युमै गोल गरेका मनिष : गोलमा खुसी, नतिजामा दुःखी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेलमा हार बेहोर्यो । इराकको घरेलु मैदानमा ६-२ ले पराजित भएपनि एक समय पहिलो हाफमा नेपाल २-१ ले अघि रहेको थियो । खेलको सुरुवातमै पछि परेको नेपालले एक मिनेट नबित्दै अन्जन विष्टको मदतले बराबरी गोल फर्कायो । त्यसपछि मनिष डाँगीले उत्कृष्ट गोल गर्दै नेपाललाई […]

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेलमा हार बेहोर्यो । इराकको घरेलु मैदानमा ६-२ ले पराजित भएपनि एक समय पहिलो हाफमा नेपाल २-१ ले अघि रहेको थियो ।

खेलको सुरुवातमै पछि परेको नेपालले एक मिनेट नबित्दै अन्जन विष्टको मदतले बराबरी गोल फर्कायो । त्यसपछि मनिष डाँगीले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । मिडफिल्डबाट सन्तोष तामाङले दिएको थ्रु बललाई मनिषले गोलरक्षक अघि बढेको मौका छोपेर पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेका थिए । राष्ट्रिय टोलीबाट डेब्यु गरेकै खेलमा १९ वर्षीय मनिष गोल गर्न सफल रहे ।

खेलपछि मनिषले व्यक्तिगत रुपमा गोल गरेपनि नतिजा आफ्नो पक्षमा नआउँदा भने दुख व्यक्त गरे । ‘हामीभन्दा धेरै राम्रो स्तरको खेलाडी भएको टोली थियो इराक । उनीहरुविरुद्ध खेल्नु राम्रो अनुभव रहयो । नतिजा हाम्रो लागि राम्रो रहेन तर धेरै कुरा सिक्न पायौं,’ उनले भने ।

‘डेब्युमा गोल गर्दा खुसी छु । तर नतिजालाई लिएर दुख लागेको छ । भविष्यमा अझ मिहिनेत गरेर राम्रो प्रदर्शन गर्न चाहन्छु ।’

मनिष नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी फुटबल क्लबबाट प्रभावशाली प्रदर्शन गरेपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको रोजाइमा परेका थिए । उनले त्यसअघि खालीबारी एफसी बाट सी डिभिजन र मोफसलका प्रतियोगितामा थ्री स्टारबाट पनि खेलेका थिए । मनिषले उमेर समूहमा नेपाल यू-१९ को जर्सी पनि लगाइसकेका छन् ।

यो पनि : इराकविरुद्ध हारबारे यसो भन्छन् प्रशिक्षक अलमुताइरी

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.