default_image

3 years ago

May 30, 2021

गुआमको पोस्टमा चीनको आधा दर्जन गोल

एजेन्सी – फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को एसियन छनोटको दोस्रो राउन्डको पाँचौ चरणको खेलमा चीनले गुआममाथि गोलको वर्षा गरेको छ । सुझोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चीनमा आइतबार राति भएको खेलमा चीनले गुआममाथि ७–० को सानदार जित दर्ता गरेको हो । चीनको फराकिलो जितमा लेइ वु र एलानले समान दुई गोल […]

38 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को एसियन छनोटको दोस्रो राउन्डको पाँचौ चरणको खेलमा चीनले गुआममाथि गोलको वर्षा गरेको छ ।

सुझोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चीनमा आइतबार राति भएको खेलमा चीनले गुआममाथि ७–० को सानदार जित दर्ता गरेको हो । चीनको फराकिलो जितमा लेइ वु र एलानले समान दुई गोल गरे । जिङडाओ जिन, छि वु र इल्केसनले समान एक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा ५ गोल निस्किएको थियो ।

गोलको वर्षा भएको खेलको २०औं मिनेटमा लेइ वुको पेनाल्टी गोलबाट चीनले गोलको खाता खोलेको थियो । ३९औं मिनेटमा जिङडाओले अग्रता दोब्बर पारे । ५५औं मिनेटमा लेइ वुले व्यक्तिगत दोस्रो गोल गर्दै चीनलाई ३–० ले अघि बढाए । ६१औं मिनेटमा छि वुले गोल गरे ।
६५औं मिनेटमा इल्केसनले गोल गर्दै चीनलाई फराकिलो जिततर्फ अघि बढाए । त्यसपछिको दुई गोल एलानको नाममा रह्यो । एलानले ८३औं र ८७औं मिनेटमा गोल गर्दै चीनलाई ७–० को फराकिलो जित दिलाए ।

यो जितसँगै समूह ‘ए’ मा रहेको चीन ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको सिरियाले शतप्रतिशत जित निकाल्दै १५ अंक जोडेको छ । गुआमले ६ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन । फिलिपिन्सको ७ तथा माल्दिभ्सको ५ अंक छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.