default_image

3 years ago

May 31, 2021

कोपा अमेरिका अर्जेन्टिनामा नहुने

एजेन्सी – दक्षिण अमेरिकी महादेशको सर्वोच्च प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा नहुने भएको छ । यसअघि सहआयोजक कोलोम्बियालाई हटाएर अर्जेन्टिनालाई पूर्ण आयोजनाको जिम्मेवारी दिइएको थियो । कोलोम्बियामा राजनीतिक अस्थिरताका कारण आयोजनाको जिम्मेवारी खोसिएको थियो । तर त्यसयता अर्जेन्टिनामा दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि आयोजकले प्रतियोगिता अन्यत्र गर्ने निर्णय लिएको हो । दक्षिण अमेरिकी फुटबल महासंघ […]

99 views

0 Bookmark

एजेन्सी – दक्षिण अमेरिकी महादेशको सर्वोच्च प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा नहुने भएको छ । यसअघि सहआयोजक कोलोम्बियालाई हटाएर अर्जेन्टिनालाई पूर्ण आयोजनाको जिम्मेवारी दिइएको थियो ।

कोलोम्बियामा राजनीतिक अस्थिरताका कारण आयोजनाको जिम्मेवारी खोसिएको थियो । तर त्यसयता अर्जेन्टिनामा दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि आयोजकले प्रतियोगिता अन्यत्र गर्ने निर्णय लिएको हो । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले छिट्टै नयाँ आयोजकबारे जानकारी दिने जनाएको छ ।

अर्जेन्टिनामा हाल दैनिक ३४ हजार बढी दैनिक संक्रमण देखिएको छ । पछिल्लो दुई सातामा ५४ प्रतिशत संक्रमण दर बढेपछि कन्मेबलले यो निर्णय लिएको हो । सरकारबाट प्रतियोगिता गर्न आवश्यक स्वीकृति पाउन कठिन हुने देखेपछि स्थगित गर्ने निर्णय लिइएको हो ।

कोपा अमेरिका १३ जुन देखि १० जुलाईसम्म हुने कार्यक्रम रहेको थियो । तर अब आयोजना स्थल परिवर्तन भएसँगै खेल मिति पनि केहि परिवर्तन हुन सक्छ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको थियो ।

समूह ए मा अर्जेन्टिना, बोलिभिया,उरुग्वे, चिली र पाराग्वे थिए । समूह बी मा कोलोम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेडर र पेरुले प्रतिस्पर्धा गर्ने तय थियो ।

यो पनि : युरो कपको खेल तालिका नेपाली समयअनुसार

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.