default_image

3 years ago

May 31, 2021

हेनरी बेल्जियमको प्रशिक्षक

एजेन्सी – फ्रान्स तथा इंग्लिस क्लब आर्सनलका पुर्व मिडफिल्डर थिएरी हेनरी बेल्जियमको प्रशिक्षण टोलीमा समावेश भएका छन् । उनी दोस्रोपटक बेल्जियमको प्रशिक्षण टोलीमा समावेश भएका हुन् । उनले मुख्य प्रशिक्षक रोबर्टाे मार्टिनेजको सहायक प्रशिक्षकको रुपमा युरोकपमा रहनेछन् । उनले यसअघि २०१६ देखि २०१८ सम्म मार्टिनेजको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनी २०१८ मा […]

50 views

0 Bookmark

एजेन्सी – फ्रान्स तथा इंग्लिस क्लब आर्सनलका पुर्व मिडफिल्डर थिएरी हेनरी बेल्जियमको प्रशिक्षण टोलीमा समावेश भएका छन् । उनी दोस्रोपटक बेल्जियमको प्रशिक्षण टोलीमा समावेश भएका हुन् ।

उनले मुख्य प्रशिक्षक रोबर्टाे मार्टिनेजको सहायक प्रशिक्षकको रुपमा युरोकपमा रहनेछन् । उनले यसअघि २०१६ देखि २०१८ सम्म मार्टिनेजको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनी २०१८ मा फ्रान्सेली क्लब मोनाकोका प्रशिक्षक बनेका थिए ।

४३ वर्षीय हेनरीले आसन्न युरोकपमा टिभी पन्डितको रुपमा काम गर्नुपर्ने भएपनि च्याम्पियनसिप आउन एक साता बाँकी रहँदा उनी बेल्जियमको प्रशिक्षणमा जोडिएका हुन् । अब उनी रेड डेभिलको डगआउटमा हुनेछन् ।

बेल्जियमले हेनरी फिर्ताको समाचारलाई पुष्टि गर्दै छोटो वक्तव्यमा, ‘‘अधुरो व्यवसाय’ हामी युरोकप २०२० का लागि कोचिङ स्टाफको रुपमा हेनरीलाई स्वागत गर्दछौं ।’ भनेर लेखेको छ । बेल्जियमले २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गर्दा उनी टोलीको दोस्रो सहायक प्रशिक्षक रहेका थिए ।

ग्रेम जोन्स पनि मार्टिनेजको सहयोगी रहेका थिए । जोन्सले विश्वकप पछि नै सहायक प्रशिक्षक छाड्दा हेनरीलाई सहायक प्रशिक्षकमा बढुवा गरिएको थियो । तर, हेनरी पनि अक्टोवरमा मोनाकोका प्रशिक्षक बन्न पुगेका थिए । मोनाकोमा उनको प्रशिक्षणमा टोलीले खराब प्रदर्शन गरेपछि उनी तीन महिनामै बर्खास्त हुन पुगे ।

त्यसपछि उनी नोभेम्वरमा एमएलएस क्लब मोन्टरियल इम्प्याक्टमा प्रशिक्षक बनेका थिए । उनले परिवारलाई समय दिने भन्दै गत फेब्रुअरीमा मोन्टरियलबाट बाहिरिदै परिवारसँग लन्डनमा बस्दै आएका थिए ।

बेल्जियमको गोल्डेन जेनेरेसन जहाँ केभिन डि ब्रुयन, रोमेलु लुकाकु र इडेन हाजार्ड जस्ता खेलाडी रहेका छन् । युरोकपमा समूह ‘बी’ मा रहेको बेल्जियमले रसिया, फिनल्यान्ड र डेनमार्कको सामना गर्दैछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.