default_image

3 years ago

May 31, 2021

‘एमबाप्पेसँग रियलमा खेल्ने सबै गुण छ’ – बेन्जेमा

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले आफ्नो सहयात्री केलियन एमबाप्पेमा स्पेनिस क्लब रियल म्याड्रिडमा खेल्ने समपुर्ण गुण रहेको बताएका छन् । रियलकै सेन्टर फरवार्ड रहेका बेन्जेमाले २०१८ को विश्वविजेता एमबाप्पेसँग क्लब फुटबलमा पनि सँगै खेल्ने चाहना राखेका छन् । यसको अर्थ बेन्जेमाले एमबाप्पेलाई रियलमा ल्याउन पहल गर्न सक्नेछ । रियलले पनि एमबाप्पेलाई लामो समयदेखि अनुबन्ध […]

45 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले आफ्नो सहयात्री केलियन एमबाप्पेमा स्पेनिस क्लब रियल म्याड्रिडमा खेल्ने समपुर्ण गुण रहेको बताएका छन् ।

रियलकै सेन्टर फरवार्ड रहेका बेन्जेमाले २०१८ को विश्वविजेता एमबाप्पेसँग क्लब फुटबलमा पनि सँगै खेल्ने चाहना राखेका छन् । यसको अर्थ बेन्जेमाले एमबाप्पेलाई रियलमा ल्याउन पहल गर्न सक्नेछ । रियलले पनि एमबाप्पेलाई लामो समयदेखि अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।

रियलका सर्वाधिक गोलकर्ता पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले २०१८ मा क्लब छाडेपछि रियलले उनको विकल्पमा एमबाप्पे अनुबन्ध गर्ने प्रयास गरेपनि सफल हुन सकेको छैन । २००९ देखि रियलमा रहेका बेन्जेमाले एमबाप्पे छिट्टै स्पेनमा आउनेमा आशावादी छन् ।

‘एमबाप्पे रियलमा ? हामी के हुन्छ हेर्नेछौं । तर जे भएपनि उनलाई म्याड्रिडमा हामी स्वागत गर्नेछौं । उनीसँग रियलमा खेल्ने सम्पुर्ण गुण छ । मलाई आशा छ । उनी एक दिन रियल आउनेन्,’ बेन्जेमाले भने ।

२०१५ देखि फ्रान्सको टोली बाहिर रहेका बेन्जेमा र एमबाप्पेले एकसाथ खेलेका छैनन् । उनले ६ वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् । एमबाप्पेले पनि सामाजिक सन्जालमा बेन्जेमासँग खेल्न उत्साहित रहेको संकेत गरेका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा एमबाप्पेको सम्झौता २०२२ सम्म रहेको छ । नयाँ सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने उनकै हातमा छ । उनीसँग यसै समरमा सरुवा रोज्न विकल्प पनि छ । तर पीएसजी आफ्नो स्टार फरवार्डलाई गुमाउन चाहदैन ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.