default_image

3 years ago

May 31, 2021

रियल म्याड्रिड समर्थकलाई जिदानको भावनात्मक खुलापत्र

एजेन्सी – रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानले आफूले पद छोड्नुको कारण खोल्दै रियल म्याड्रिडका समर्थकलाई खुलापत्र लेखेका छन् । जिदानले क्लबसँग तेस्रो आवद्धता गत साता तोडेका थिए । सन् २००६ मा खेलाडी र सन् २०१८ मा प्रशिक्षकको पहिलो कार्यकालपछि उनि बिदा भएका थिए । प्रशिक्षणको दोस्रो कार्यकालमा भने उनको बिदाइ सुखद रहेन । उपाधिविहिन […]

70 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानले आफूले पद छोड्नुको कारण खोल्दै रियल म्याड्रिडका समर्थकलाई खुलापत्र लेखेका छन् ।

जिदानले क्लबसँग तेस्रो आवद्धता गत साता तोडेका थिए । सन् २००६ मा खेलाडी र सन् २०१८ मा प्रशिक्षकको पहिलो कार्यकालपछि उनि बिदा भएका थिए । प्रशिक्षणको दोस्रो कार्यकालमा भने उनको बिदाइ सुखद रहेन । उपाधिविहिन सिजनपछि उनले क्लब छाड्ने निर्णय गरेका थिए ।

यस्तो छ जिदानले समर्थकलाई लेखेको खुलापत्र :

प्यारा रियल म्याड्रिड समर्थक,

विगत २० वर्ष देखि, म म्याड्रिड सहरमा आएर यो सेतो जर्सी लगाएको पहिलो दिनदेखि मैले तपाईंहरुको माया पाएको छु । मलाई सधैं यहि लाग्थ्यो की हामीबीच केहि विशेष सम्बन्ध छ । म विश्वकै सर्वश्रेष्ठ क्लबमा खेलाडी र प्रशिक्षकका रुपमा काम गर्न पाउँदा गौरव महसुस गरेको छु ।

र त्यसभन्दा माथि म आफैं रियल म्याड्रिड समर्थक पनि हुँ । यसैकारण पनि मैले यो पत्र लेखेर बिदा हुनुपर्छ । मेरो प्रशिक्षक पदबाट राजिनामा दिनुको कारण पनि मैले थाहा दिनु जरुरि ठानेको छु ।

मैले जब मार्च २०१९ मा आठ महिनाको विश्रामपछि रियल म्याड्रिड फर्कने निर्णय गरें, त्यो अध्यक्ष फ्लोरेन्टिनो पेरेजको प्रस्ताव र तपाईं समर्थकको निरन्तर आग्रहको कारण थियो ।

जब मैले कोहि समर्थकलाई बाटोमा भेट्थें, मैले तपाईंहरुको साथ र मलाई फेरी टिममा फर्केको हेर्ने चाहना महसुस गरें । म रियल म्याड्रिडको मान बुझ्ने समर्थक हुँ र मलाई थाहा छ यो क्लब यसका सदस्य, समर्थक र सारा विश्वको हो । म आफैं पनि यो मानमा अडिग रहने कारण सधैं उदाहरणको रुपमा प्रस्तुत हुन चाहन्छु ।

रियल म्याड्रिडमा २० वर्ष बिताउनु मेरो जीवनकै उत्कृष्ट पल रहयो । मलाई यो पनि थाहा छ की सन् २००१ मा फ्लोरेन्टिनो पेरेजले मलाई ल्याउन निकै संघर्ष गरे । उनको विरुद्धमा अरु थिए, तर उनले भिडेर मलाई ल्याए । म जब अध्यक्ष पेरेजलाई धन्यवाद दिन्छु त्यो मेरो भित्रि हृदयदेखि नै आभार व्यक्त गरेको हुन्छु । सधैं ।

मैले यसपटक क्लब छोड्ने निर्णय गरें र यसको कारण पनि स्पष्ट भन्न चाहन्छु । म रियल छोड्दैछु तर आफ्नो पेशा छोड्ने छैन । म प्रशिक्षणबाट थाकेको पनि छैन ।

मैले मे २०१८ मा छोडे किनकि मैले साढे २ वर्षमा धेरै जित र धेरै उपाधि जितें । मलाई लाग्यो टोलीले अब धेरै समय शीर्षस्थानमा रहन केहि परिवर्तन गर्नुपर्छ । तर अहिले, अवस्था फरक छ ।

म यसपटक क्लबले मलाई विश्वास नगरेको कारण क्लब छाड्दैछु । मलाई त्यो विश्वास आवश्यक थियो र मैले पाइनँ । टोलीलाई दिर्घकालिन रुपमा बलियो बनाउन चाहिने साथ पनि मैले पाउन सकिन ।

म फुटबल बुझ्छु र रियल म्याड्रिड जस्तो टोलीको माग पनि । मलाई थाहा छ, जब तपाईं जित दिलाउन सक्नुहुन्, क्लब छाड्नुपर्छ । तर यसको सँगसँगै एक महत्त्वपूर्ण पक्ष पनि बिर्सिएको छ । मैले दिन दिनै गरेको मिहिनेत, खेलाडीसँग मेरो सम्बन्धले आएको प्रदर्शन, झन्डै डेढ सय जनासँग मैले गरेको काम र टोलीमाथिको मिहिनेत ।

म जन्मजात एक विजेता हुँ । म यहाँ उपाधि जित्न आएको हुँ । तर त्योभन्दा बढी महत्त्वपूर्ण यहाँको मान्छे, भावना र उनीहरुको जीवनबारे सोच्नु हो । मलाई लाग्छ पछिल्लो समय यस पक्षमा ध्यान दिइएको छैन । सबै पक्षबाट क्लबलाई अघि बढाउनमा ध्यान पुगेको छैन । र कतिपय अवस्थामा म धेरै आलोचित पनि भएको छु ।

हामीले जे हासिल गर्यौं, म त्यस सम्मानको अपेक्षा गर्दछु । पछिल्लो केहि महिना क्लब र अध्यक्षसँग मेरो जस्तो सम्बन्ध रहयो, त्यो अन्य प्रशिक्षकको भन्दा केहि फरक रहोस् भन्ने मैले चाहेको थिएँ । मैले कुनै किसिमको विशेषाधिकार भने पक्कै चाहेको होइन ।

वर्तमान समयमा कुनैपनि प्रशिक्षकको एक क्लबमा २ वर्ष समय हो, सायद केहि बढी पनि । तर त्योभन्दा बढी बस्ने हो भने व्यक्तिगत सम्बन्ध पनि महत्त्वपूर्ण हुन्छ । त्यो सम्बन्ध पैसा र नाम भन्दापनि महत्त्वपूर्ण हुन्छ । सबै पक्षभन्दा बढी, त्यसलाई सम्हाल्न जरुरि हुन्छ ।

जब टोलीले हार बेहोर्थ्यो र अर्को खेल पनि हारे म नाम बर्खास्त हुन्छ भनेर पत्रिकामा आउँथ्यो, मलाई निकै दुख लाग्थ्यो । म मात्र नभएर सारा टोलीलाई यसले निकै दुखि बनाउँथ्यो । पत्रिकामा यस्तो खबर क्लबबाट नै जानाजान पठाइन्थ्यो र टोलीमा शंका र असमझदारी निम्त्याउने काम भयो ।

म आफूलाई भाग्यमानी ठान्छु कि मैले निकै राम्रा खेलाडीको साथ पाएँ, मलाई मृत्युसम्म साथ दिने । जब स्थिति खराब हुन्थ्यो, उनीहरुले मिहिनेत गरेर टोलीलाई जित दिलाए । यो उनीहरुको मप्रतिको विश्वास र मैले उनीहरुलाई गर्ने विश्वासकै कारण सम्भव भएको थियो ।

म विश्वको सर्वोत्कृष्ट प्रशिक्षक होइन । तर मसँग सबैलाई त्यो शक्ति र मनोबल दिने क्षमता छ जुन उनीहरुलाई आवश्यक पर्छ । चाहे त्यो खेलाडी होस्, प्रशिक्षण टोलीको सदस्य होस् या क्लबको कर्मचारी नै किन नहोस ।

मलाई थाहा छ क्लबलाई के आवश्यक पर्दछ । रियल म्याड्रिडमा २० वर्ष बिताउँदा मैले यो बुझेको छु, समर्थकलाई जित चाहिन्छ । तर त्योभन्दा बढी यो अपेक्षा हुन्छ कि टोलीले आफ्नो शत प्रतिशत मिहिनेत गरोस । र म यो विश्वास दिलाउन चाहन्छु हामीले आफ्नो सबै क्लबको लागि दिएका छौं ।

म यो अवसरमा पत्रकारहरुलाई पनि सन्देश दिन चाहन्छु । मैले सयौं पटक पत्रकार सम्मेलनमा बोलें तर दुर्भाग्य हामीले निकै कम फुटबलको बारेमा बोलेका छौं । मलाई थाहा छ तपाईंहरुलाई फुटबल मनपर्छ । यसै खेलले हामीलाई एकसाथ जोडेको छ ।

तर कुनै आलोचनाको भावना बिना यदि प्रश्नहरु विवादका बारे थिएनन् भने म बढी रुचाउँथें । हामीले खेल र खेलाडीका बारेमा धेरै छलफल गरेको मैले चाहेको थिएँ । किनभने खेलाडी नै यस खेलको सबैभन्दा महत्त्वपूर्ण पक्ष हुन् । हामी फुटबल नबिर्सौं, यस्ल माया गरौँ ।

प्यारा रियल म्याड्रिडका समर्थकहरु, म सधैं तपाईंहरु मध्यकै एक हुन्छु ।

हाला म्याड्रिड!

-जिनेदिन जिदान

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.