default_image

3 years ago

May 31, 2021

कोपा अमेरिका ब्राजिलमा हुने

एजेन्सी – ब्राजिलले कोपा अमेरिका २०२१ आयोजना गर्ने भएको छ । यसअघि अर्जेन्टिनामा हुने भनिएको दक्षिण अमेरिकाको प्रतिष्ठित प्रतियोगिता दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) अब ब्राजिलमा हुने तय भएको हो । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले ब्राजिलमा कोपा अमेरिका ब्राजिलमा गराउने निर्णय गरेको हो । राजनैतिक अस्थिरताका कारण कन्मेबलले एक साताअघि कोलोम्बियाबाट आयोजकको नाम […]

58 views

0 Bookmark

एजेन्सी – ब्राजिलले कोपा अमेरिका २०२१ आयोजना गर्ने भएको छ । यसअघि अर्जेन्टिनामा हुने भनिएको दक्षिण अमेरिकाको प्रतिष्ठित प्रतियोगिता दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) अब ब्राजिलमा हुने तय भएको हो ।

दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले ब्राजिलमा कोपा अमेरिका ब्राजिलमा गराउने निर्णय गरेको हो । राजनैतिक अस्थिरताका कारण कन्मेबलले एक साताअघि कोलोम्बियाबाट आयोजकको नाम फिर्ता लिँदै कोपा अमेरिका अर्जेन्टिनामा मात्रै गर्ने निर्णय गरेको थियो । तर कोरोना महामारी बढेपछि कन्मेबलले सोमबार अर्जेन्टिनामा आयोजना नगर्ने निर्णय गरेको थियो ।

कन्मेबलको विज्ञप्तिमा कोपा अमेरिका २०२१ ब्राजिलमा हुने छ । कोपा अमेरिका निर्धारित समयमा यसअघि निर्धारित समयमा नै हुनेछ । यस पटकको कोपा अमेरिका १३ जुनदेखि १० जुलाईसम्म हुनेछ । विज्ञप्तिमा प्रतियोगिताको खेल तालिका र मैदान केही समयमा नै पक्का गर्ने बताएको छ । कोपा अमेरिका राष्ट्रिय टोलीबीचको सबैभन्दा ठुलो प्रतियोगिता हो ।

गतवर्ष नै हुनुपर्ने कोपा अमेरिका कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो । अर्जेन्टिना र कोलम्वियाले कोपा अमेरिका आयोजना गर्ने तयारी गरिरहेको थियो । ब्राजिलले ४७औं पटक कोपा अमेरिका आयोजना गर्दैछ ।

ब्राजिल दुई वर्ष अघिको च्याम्पियन टोली हो । ब्राजिलले पेरुलाई ३–१ ले हराँउदै दुई वर्षअघि घरमै भएको प्रतियोगिताको उपाधि जितेको थियो । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा अर्जेन्टिना, बोलिभिया,उरुग्वे, चिली र पाराग्वे थिए । समूह बी’ मा कोलोम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् ।

अष्ट्रेलिया र कतारलाई पाहुना टोलीको रुपमा प्रतियोगितामा समावेश गरिएपनि यो समयमा एसियामा विश्वकप छनोट र एसियन कप छनोटका खेल परेका कारण उनीहरुले प्रतियोगिताबाट नाम फिर्ता लिइसकेका छन् ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.