default_image

3 years ago

June 1, 2021

पोर्चुगल र जर्मनी युरो यु–२१ च्याम्पियनसिपको सेमिफाइनलमा

एजेन्सी – पोर्चुगल र जर्मनीको युथ टोली यु–२१ युरोपेली च्याम्पियन्ससिपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले इटालीलाई तथा जर्मनीले डेनमार्कलाई पाखा लगाउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । पोर्चुगलले १० खेलाडीमा समेटिएको इटालीलाई अतिरिक्त समयमा ५–३ ले पराजित गरेको हो । निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो […]

43 views

0 Bookmark

एजेन्सी – पोर्चुगल र जर्मनीको युथ टोली यु–२१ युरोपेली च्याम्पियन्ससिपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले इटालीलाई तथा जर्मनीले डेनमार्कलाई पाखा लगाउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

पोर्चुगलले १० खेलाडीमा समेटिएको इटालीलाई अतिरिक्त समयमा ५–३ ले पराजित गरेको हो । निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको शुरुमै माटियो लोभाटो दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि इटाली १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा पोर्चुगलले उठाउँदै दुई गोल गर्दै टोलीलाई सेमिफाइनलको बाटो देखाए ।

पोर्चुगलका डानी मोटाले दुई तथा गोन्कालो रामोस, जोटा र चिको कोन्सिकाओले समान एक गोल गरे । इटालीका टोमासो पोवेगा, जियानलुका स्कामाका र प्याट्रिक कटरोनले गोल गरेपनि हार टार्न सकेन ।

यस्तै अर्काे खेलमा जर्मनीले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो । निर्धारित समयको खेलमा २–२ गोलको बराबरी र त्यसपछि थप गोल निस्कन नसक्दा पेनाल्टी सुटाउटमा धकेलिएको थियो ।

यस्तै क्वाटरफाइनलकै अर्काे खेलमा सफलता हात पार्दै स्पेन र नेदरल्यान्ड्सले पनि अन्तिम चारको यात्रा तय गरेको छ । नेदरल्यान्ड्सले फ्रान्सलाई २–१ ले तथा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

अब सेमिफाइनलमा स्पेन र पोर्चुगल तथा नेदरल्यान्ड्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल ७ जुलाईमा हुनेछ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.