default_image

3 years ago

June 1, 2021

रियल म्याड्रिडको प्रशिक्षकमा एन्सेलोटीको चर्चा

एजेन्सी – जिनेदिन जिदानले प्रशिक्षकबाट राजीनामा दिएपछि रिक्त रहेको स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षकका लागि पुर्व प्रशिक्षक कार्लाे एन्सेलोटीको पनि नाम थपिएको छ । मुख्य प्रशिक्षकको पदको लागि अन्य चर्चित नामसँगै एन्सेलोटीको नाम पनि चर्चामा आएको हो । रियलका समर्थकले कार्लाे एन्सेलोटीलाई रियलको प्रशिक्षक बनाउन सुझाव दिएका छन् । यसअघि मासिमिलियानो एलेग्रीको नाम चर्चामा रहेपनि […]

66 views

0 Bookmark

एजेन्सी – जिनेदिन जिदानले प्रशिक्षकबाट राजीनामा दिएपछि रिक्त रहेको स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षकका लागि पुर्व प्रशिक्षक कार्लाे एन्सेलोटीको पनि नाम थपिएको छ ।

मुख्य प्रशिक्षकको पदको लागि अन्य चर्चित नामसँगै एन्सेलोटीको नाम पनि चर्चामा आएको हो । रियलका समर्थकले कार्लाे एन्सेलोटीलाई रियलको प्रशिक्षक बनाउन सुझाव दिएका छन् । यसअघि मासिमिलियानो एलेग्रीको नाम चर्चामा रहेपनि उनी इटालियन क्लब युभेन्टसको प्रशिक्षक बनिसकेका छन् ।

रियलको प्रशिक्षक बन्ने पंक्तिमा इन्टर मिलानबाट राजीनामा दिएका एन्टेनियो कोन्टे, पीएसजीका मौरिसियो पोचेटिनो, रियलकै ‘बी’ टिमका राउल गोन्जालेज ब्लान्को र रियस सोसिडाडका ‘बी’ टिमका तथा रियलकै पुर्व मिडफिल्डर जाभी अलन्सोसँगै एन्सेलोटी रहेका छन् ।
हाल इंग्लिस क्लब एभर्टनका मुख्य प्रशिक्षक रहेका एन्सेलोटीले २०१५ मा रियल छाडेका थिए । उनी २०१३ मा पीएसजीबाट रियल पुगेका थिए ।

दुई वर्षको म्याड्रिड बसाईमा उनले रियलबाट २०१४ मा च्याम्पियन्स लिग, कोपा डेल रे, सुपर कोपा र फिफा क्लब विश्वकप जितेका थिए ।
इटालियन क्लब एसी मिलानका पुर्व खेलाडी तथा प्रशिक्षक रहेका ६१ वर्षीय एन्सेलोटीले रेगजियाना, पर्मा, युभेन्टस, चेल्सी, पीएसजी, बायर्न म्युनिख र नेपोलीलाई प्रशिक्षण दिइसकेका छन् ।

एभर्टनका प्रशिक्षक रहेका उनको रियल आउने सम्भावना उनको निर्णयमा भर पर्नेछ । उनले नै रियलका मिडफिल्डर हामेस रोड्रिग्वेजलाई लोनमा एभर्टनमा लगेका थिए । एन्सेलोटीले नै २०१४ मा जेम्सलाई विश्वकपको प्रदर्शनपछि रियल म्याड्रिडमा अनुबन्ध गरेका थिए ।

रियलमा उनको बर्हिगमनसँगै रोड्रिग्वेजले जिदानको योजनामा निकै कम अवसर पाएका थिए । सोही कारण २९ वर्षीय रोड्रिग्वेजले दुई सिजन जर्मन क्लब बायर्न म्युनिखमा लोनमा बिताएका थिए । बायर्नमा पनि एन्सेलोटीले उनलाई लोनमा लिन सफल भएको थियो । अहिले पनि एन्सेलोटी एभर्टनको प्रशिक्षक रहँदा रोड्रिग्वेजले लोनमै एभर्टनमा खेलिरहेका छन् ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.