default_image

3 years ago

June 1, 2021

विश्वकप छनोटको प्रत्यक्ष प्रसारण कान्तिपुरमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले कुवेतमा खेल्ने विश्व कप २०२२ र एसिया कप २०२३ को छनोटका सबै तीन खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । प्रत्यक्ष प्रसारणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कान्तिपुर टेलिभिजनबीच मंगलबार सम्झौता भएको । एन्फाका महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजनका मार्केटिङ हेड गौरी दाहालले सम्झौता पत्रमा […]

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले कुवेतमा खेल्ने विश्व कप २०२२ र एसिया कप २०२३ को छनोटका सबै तीन खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

प्रत्यक्ष प्रसारणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कान्तिपुर टेलिभिजनबीच मंगलबार सम्झौता भएको । एन्फाका महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजनका मार्केटिङ हेड गौरी दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेको एन्फाले जनाएको छ । त्यसको बजार व्यवस्थापनको जिम्मा ए डी रिलिजले गर्ने बताइएको छ ।

नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । जाबेर अल हमाद रंगशालामा हुने सबै खेल नेपाली समय अनुसार राती ९:४५ बजे सुरु हुनेछ । कोरोना महामारीका कारण नेपालले दशरथ रंगशालामा खेल्नु पर्ने खेल न्यूट्रल भेन्यूका रुपमा कुवेत सारिएको थियो । सोही समूहमा रहेको कुवेतसँग भने नेपालले यसअघि नै खेलिसकेको छ ।

शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली त्यहाँबाट स्थलमार्ग हुँदै आइतबार कुवेत पुगेको थियो । कुवेत पुगेपछि गरिएको पिसिआर टेष्टमा २३ खेलाडीसहित सबै ३५ जनाको नेगेटिभ रिपोर्ट आएपछि टोलीले सोमबार प्रशिक्षण पनि गरेको थियो । नेपालले इराकसँगको खेल ६–२ ले गुमाएको थियो । पहिलो हाफमा एक समय अञ्जन विष्ट र मनीष डाँगीको गोलमा २–१ को अग्रता बनाएपनि पछि भने सम्हालिन सकेन ।

विश्व कप छनोटमा कुवेतसँग दुवै खेल भने नेपालले खेलिसकेको छ । कुवेतसँग पहिलो खेलमा उसकै मैदानमा ७–० को हार बेहोरेको नेपालले भुटानमा भएको खेलमा १–० ले गुमाएको थियो । दशरथ रंगशाला पूर्न निर्माणको कार्य भइरहेको बेला न्यूट्रल भेन्यूका रुपमा नेपाल र कुवेतले भुटानमा खेलेका थिए ।

छनोटको अन्य अवे खेलमा चाइनिज ताइपेलाई अन्जन विष्टको २ गोलमा २–० ले हराएको नेपालले अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को पराजय भोगेको थियो । नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन । अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ ।

अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.