default_image

3 years ago

June 1, 2021

युरोका लागि इंग्ल्यान्डको अन्तिम टोली घोषणा

एजेन्सी – इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले अर्को साता सुरु हुने युरोपेली च्याम्पियनसिपका लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् । गत साता घोषणा गरिएको ३३ सदस्यीय प्रारम्भिक टोलीबाट ७ खेलाडी बाहिर राख्दै साउथगेटले टोली घोषणा गरेका हुन् । म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मेसन ग्रिनवुडले चोटका कारण टोलीबाट स्वयं नाम फिर्ता लिएका छन् । त्यस्तै […]

67 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले अर्को साता सुरु हुने युरोपेली च्याम्पियनसिपका लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।

गत साता घोषणा गरिएको ३३ सदस्यीय प्रारम्भिक टोलीबाट ७ खेलाडी बाहिर राख्दै साउथगेटले टोली घोषणा गरेका हुन् । म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मेसन ग्रिनवुडले चोटका कारण टोलीबाट स्वयं नाम फिर्ता लिएका छन् । त्यस्तै युनाइटेडबाट नै लोनमा वेस्ट ह्याम पुगेका मिडफिल्डर जेसे लिंगार्डले पनि टोलीमा स्थान बनाउन सकेनन् ।

गोलरक्षक आरोन राम्सडेल टोलीमा परेनन् । डिफेन्डरद्वय बेन गडफ्रे र बेन व्हाइटसँगै मिडफिल्डर जेम्स वार्ड प्राउज र फरवार्ड ओली वाटकिन्स पनि टोलीमा स्थान बनाउन सकेनन् । इंग्ल्यान्डका प्रशिक्षक साउथगेटले ४ राइट ब्याकलाई टोलीमा समेटेका छन् । ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, काइल वाल्कर, काइरान ट्रीपिएर र रिस जेम्स चारै जना टोलीमा छन् ।

केनको कप्तानीमा रहने टोलीमा गोलरक्षक पोजिसनमा निकै प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । त्यस्तै केनसँग आक्रमण कसले सम्हाल्छन् भन्ने पनि चर्चाको विषय रहनेछ । डिफेन्समा पनि युनाइटेडका ह्यारी मगाएरले पूर्ण फिट नरहेका कारण केहि विश्राम लिने सम्भावना छ ।

इंग्ल्यान्ड युरोको समूह डी मा रहेको छ । इंग्ल्यान्डको समूहमा क्रोएसिया, स्कटल्यान्ड र चेक गणतन्त्र रहेका छन् । इंग्ल्यान्डले पहिलो खेल १३ जुनमा क्रोएसियाविरुद्ध खेल्नेछ । त्यसअघि इंग्ल्यान्डले बुधबार अष्ट्रिया र आइतबार रोमानियासँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

युरो खेल्ने अन्तिम टोली :

गोलरक्षक : डीन हेन्डरसन, साम जोन्सटन, जोर्डन पिकफर्ड

डिफेन्डर : ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, बेन चिल्वेल, कनर कोडी, रिस जेम्स, ह्यारी मगाएर, टाइरन मिन्ज्स, लुक शा, जोन स्टोन्स, काइरान ट्रीपिएर, काइल वाल्कर

मिडफिल्डर : जुड बेलिंघम, फिल फोडेन, ज्याक ग्रिलिस, जोर्डन हेन्डरसन, मेसन माउन्ट, काल्भिन फिलिप्स, डेक्लन राइस, बुकायो साका, जेडन सान्चो,

फरवार्ड : डोमिनिक काल्भर्ट लेविन, ह्यारी केन, मार्कस रासफर्ड, रहिम स्टर्लिङ

यो पनि : युरो कपको खेल तालिका नेपाली समयअनुसार

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.