default_image

3 years ago

June 2, 2021

छनोटका विपक्षीविरुद्ध यस्तो छ नेपालको इतिहास

काठमाठौं (हाम्रो खेलकुद)– कोरोना महामारीका कारण पटक पटक स्थगित नेपालसम्मिलित विश्व कप छनोटको समूह चरण अन्ततः बिहीबार सुरु हुँदैछन् । कुल ८ मध्ये ५ खेल खेलिसकेको नेपालले अन्तिम ३ खेलको सुरुवात बिहीबार गर्दैछ । न्यूट्रल भेन्यूका रुपमा कुवेतमा हुने छनोटमा चाइनिज ताइपेसँग खेल्दै यसपटकको यात्रा सुरु गर्दैछ । गत साता इराकसँग एउटा मैत्रीपूर्ण खेल खेल्दै […]

65 views

0 Bookmark

काठमाठौं (हाम्रो खेलकुद)– कोरोना महामारीका कारण पटक पटक स्थगित नेपालसम्मिलित विश्व कप छनोटको समूह चरण अन्ततः बिहीबार सुरु हुँदैछन् । कुल ८ मध्ये ५ खेल खेलिसकेको नेपालले अन्तिम ३ खेलको सुरुवात बिहीबार गर्दैछ ।

न्यूट्रल भेन्यूका रुपमा कुवेतमा हुने छनोटमा चाइनिज ताइपेसँग खेल्दै यसपटकको यात्रा सुरु गर्दैछ । गत साता इराकसँग एउटा मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोली आइतबार कुवेत पुगेको छ । जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै नेपालले विश्व कप २०२२ र एसिया कप २०२३ को छनोटको यात्रको अन्त्य गर्नेछ ।

विश्व कप छनोटमा अघिल्लो चरण पुग्ने नेपालको गणितिय सम्भावना त जीवत छ । तर प्रतिद्वन्द्वि टोलीको इतिहास र उनीहरुविरुद्ध हाम्रो प्रदर्शनलाई हेर्दा अघिल्लो चरण पुग्ने सम्भावनामा धेरैलाई आशा छैन । नेपाल समूह चरणमा ३ अंकसहित चौथो स्थानमा छ । अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ । नेपाल भन्दा पछि रहेको चाइनिज ताइपेले अंक जोड्न सकेको छैन ।

एसिया कपको छनोटको समीकरणमा भने ठूलो फेरबदल हुनसक्छ । त्यसका लागि यी तीन खेलमा आउने नतिजामा भर पर्दछ । विश्व कप छनोटमा ५ खेलमा नेपालले चाइनिज ताइपेलाई २–० ले हराउँनु बाहेक बाँकी सबै टोलीसँग पराजित भएको थियो । कुवेतसँग पहिलो खेलमा ७–० को हार बेहोरेको नेपालले अर्को खेल १–० ले गुमाएको थियो । अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को हार बेहोरेको थियो ।

नेपालले आफ्नो समूहमा चौथो स्थान हासिल गर्दै अन्य समूहमा रहेको चौथो टोलीको तुलना गर्दा शीर्ष ४ स्थानमा पर्न सके सिधै एसिया कप छनोटको तेस्रो चरण खेल्न पाउँछ । यदि पुछार वा चौथो स्थानमा रहेर पनि अन्यको समूहको चौथो स्थानको तुलनामा शीर्ष ४ मा नपरे नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

नेपालले खेल्न बाँकी तीनै टोली नेपाल भन्दा फिफा वरियतामा छन् । एसियाको पावर हासका रुपमा रहेको अष्ट्रेलिया फिफा वरियताको ४१ औं स्थानमा छ भने जोर्डन ९५ औं स्थानमा छ । त्यस्तै चाइनिज ताइपे १ सय ४१ औं र नेपाल १ सय ७१ औं स्थानमा छ । नेपालले अष्ट्रेलिया र जोर्डनलाई अहिले सम्म हराउन सकेको छैन । जोर्डनविरुद्धको नेपालको उच्च प्रदर्शन भनेको एक दशक अघि दशरथ रंगशालमा भएको विश्व कप छनोटमा १–१ को बराबरी हो । त्यसमा भरत खवासले नेपालका लागि गोल गरेका थिए ।

नेपालले खेल्ने तीन टोलीसँग यसअघिको नतिजाका यस्तो छ ।

विरुद्ध चाइनिज ताइपे

६ जुन २०१९ : बराबरी १–१ (अभिषेक रिजाल) मैत्रीपूर्ण खेल

१० सेप्टेम्बर : जित २–० ( दुवै अन्जन विष्ट) विश्व कप छनोट

विरुद्ध जोर्डन

२३ जुलाई २०११ : हार ० –९ – विश्वकप छनोट

२८ जुलाई २०११ : बराबरी १ –१ (भरत खवास) विश्व कप छनोट

१५ अक्टुबर २०१९ : हार ० –३ विश्व कप छनोट

विरुद्ध अष्ट्रेलिया

१० अक्टुबर २०१९ : हार ० –५ – विश्व कप छनोट

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.