default_image

3 years ago

June 2, 2021

‘ताइपेइविरुद्ध जितका लागि खेल्नेछौं’ – प्रशिक्षक अलमुताइरी

एजेन्सी – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपालले बिहीबार कुवेतमा हुने खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । खेल नेपाली समयानुसार रातको ९:४५ बजे हुनेछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ताइपेइविरुद्ध खेल कठिन हुने अपेक्षा गरेका छन् । बुधबार खेलको पूर्व सन्ध्यामा बोल्दै अलमुताइरीले मौसमका कारण पनि खेल दुवै टोलीलाई कठिन हुने […]

55 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपालले बिहीबार कुवेतमा हुने खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । खेल नेपाली समयानुसार रातको ९:४५ बजे हुनेछ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ताइपेइविरुद्ध खेल कठिन हुने अपेक्षा गरेका छन् । बुधबार खेलको पूर्व सन्ध्यामा बोल्दै अलमुताइरीले मौसमका कारण पनि खेल दुवै टोलीलाई कठिन हुने बताएका हुन् । ‘कुवेतमा खेल्न सहज छैन । दुवै टोलीलाई खेल निकै कठिन हुनेछ,’ उनले भने । निकै गर्मी मौसम रहेकाले नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै तयारी गरेको थियो ।

प्रशिक्षक अलमुताइरीले इराकविरुद्ध खेलमा हार बेहोरेपनि धेरै सकारात्मक पक्ष रहेको बताए । उनले ताइपेइविरुद्ध टोली जितको लक्ष्य लिएर नै उत्रने बताए ।

‘हामी समूहको चौथो स्थान पक्का गरेर एसियाली कप छनोटमा राम्रो स्थान हासिल गर्न चाहन्छौं । त्यसैले पनि हामी भोली जितको लक्ष्यसहित नै उत्रनेछौं ,’ उनले थपे ।

अलमुताइरीले युवा टोलीबाट नतिजाको अपेक्षा भन्दा केहि धैर्य गर्न आग्रह गरे । ‘हामीले छनोटको तयारी गर्न धेरै खेल खेल्न पाएनौं । हामीसँग युवा तर निकै प्रतिभावान खेलाडी छन् । हामीले उनीहरुलाई धेरै दबाबमा राख्नु हुँदैन,’ उनले भने ।

विपक्षी टोलीबारे पनि प्रशिक्षक अलमुताइरी सतर्क देखिए । ‘ताइपेइको टोलीमा नयाँ खेलाडी छन् । प्रशिक्षकको पनि पहिलो खेल हो । हामीले निकै ध्यान दिनुपर्छ,’ उनले टुंग्याए ।

नेपाल समूह चरणमा ३ अंकसहित चौथो स्थानमा छ । अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ । नेपाल भन्दा पछि रहेको चाइनिज ताइपेले अंक जोड्न सकेको छैन ।नेपालले आफ्नो समूहमा चौथो स्थान हासिल गर्दै अन्य समूहमा रहेको चौथो टोलीको तुलना गर्दा शीर्ष ४ स्थानमा पर्न सके सिधै एसिया कप 

छनोटको  तेस्रो चरण खेल्न पाउँछ । यदि पुछार वा चौथो स्थानमा रहेर पनि अन्यको समूहको चौथो स्थानको तुलनामा शीर्ष ४ मा नपरे नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यो पनि : छनोटका विपक्षीविरुद्ध यस्तो छ नेपालको इतिहास

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.