default_image

3 years ago

June 3, 2021

इंग्ल्यान्ड विजयी, जर्मनी रोकियो

एजेन्सी – युरोकप तयारीको लागि भएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा इंग्ल्यान्डले जित दर्ता गर्दा जर्मनीले बराबरीको नतिजा निकालेको छ । बुधबार राति घरेलु मैदानमा इंग्ल्यान्डले अष्ट्रियामाथि १–० को झिनो जित निकालेको हो । इंग्ल्यान्डको जितमा बुकायो साकाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५७औं मिनेटमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले […]

40 views

0 Bookmark

एजेन्सी – युरोकप तयारीको लागि भएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा इंग्ल्यान्डले जित दर्ता गर्दा जर्मनीले बराबरीको नतिजा निकालेको छ ।

बुधबार राति घरेलु मैदानमा इंग्ल्यान्डले अष्ट्रियामाथि १–० को झिनो जित निकालेको हो । इंग्ल्यान्डको जितमा बुकायो साकाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५७औं मिनेटमा गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही सुवर्ण अवसर खेर फालेका थिए । यो नतिजासँगै इंग्लयान्डले पछिल्लो पाँच खेलमा शतप्रतिशत जित निकालेको छ । गत नोभेम्वरमा बेल्जियमसँग २–० ले पराजित भएयता इंग्ल्यान्ड अपराजित छ । अष्ट्रियाको भने यो लगातार दोस्रो हार हो ।

यस्तै अर्काे खेलमा सुरुवाती अग्रता लिएरपनि जोगाउन नसक्दा जर्मनीले डेनमार्कसँग १–१ गोलको बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलको ४८औं मिनेटमा फ्लोरियन नेउहसको गोलबाट जर्मनीले अग्रता लिएको थियो । ७१औं मिनेटमा युसुप पउलसेनले बराबरी गोल फर्काएका थिए ।

अर्काे मैत्रीपुर्ण खेलमा जर्मनीले ८ जुनमा लात्भियासँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि जर्मनीले युरोकपमा फ्रान्स, पोर्चुगल र हंगेरीको सामना गर्नेछ । यस्तै डेनमार्कले बोस्निया एन्ड हर्जगोभिनासँग खेल्दै युरोकपको तयारी सकाउनेछ । डेनमार्क रहेको समूहमा फिनल्यान्ड, बेल्जियम र रसिया रहेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.