default_image

3 years ago

June 3, 2021

डिपाएको दुई गोलमा नेदरल्यान्ड्स हारबाट जोगियो

एजेन्सी – खेलमा दुईपटक पछि परेपनि मेम्फिस डिपाएले दुई गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेदरल्यान्ड्स स्कटल्यान्डसँगको हारबाट जोगिएको छ । पोर्चुगलमा बुधबार राति भएको खेलमा नेदरल्यान्ड्स र स्कटल्यान्डले २–२ गोलको बराबरी खेलेको हो । खेलको ११औं मिनेटमा ज्याक हेन्ड्रीको गोलबाट स्कटल्यान्डले अग्रता लिएको थियो । १७औं मिनेटमा मेम्फिस डिपाएले बराबरी गोल फर्काए । ६४औं मिनेटमा […]

42 views

0 Bookmark

एजेन्सी – खेलमा दुईपटक पछि परेपनि मेम्फिस डिपाएले दुई गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेदरल्यान्ड्स स्कटल्यान्डसँगको हारबाट जोगिएको छ ।

पोर्चुगलमा बुधबार राति भएको खेलमा नेदरल्यान्ड्स र स्कटल्यान्डले २–२ गोलको बराबरी खेलेको हो । खेलको ११औं मिनेटमा ज्याक हेन्ड्रीको गोलबाट स्कटल्यान्डले अग्रता लिएको थियो । १७औं मिनेटमा मेम्फिस डिपाएले बराबरी गोल फर्काए ।

६४औं मिनेटमा केभिन निसवेटले गोल गर्दै स्कटल्यान्डलाई पुनः २–१ को अग्रता दिलाए । तर खेल सकिन एक मिनेट बाँकी रहँदा डिपाएले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

यस्तै अर्काे मैत्रीपुर्ण खेलमा जर्जियाले रोमानियालाई २–१ ले पराजित गरेको छ । खेलमा दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो । ४२औं मिनेटमा रोमानियाका फ्लोरिउन टानासे सिधै रातो कार्ड खाँदै तथा ६४औं मिनेटमा सोलोमन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

६१औं मिनेटमा जर्गेस मिकाउटाड्जीले गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए । ७१औं मिनेटमा जियोर्जी अबुरजानियाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । ७८औं मिनेटमा एन्ड्रेइ इभानले गोल गर्दै खेललाईै २–१ को अवस्थामा ल्याएपनि हार टार्न सकेन ।

यस्तै अर्काे खेलमा युवा स्टार एर्लिङ ब्राउट हालान्डले इन्ज्युरी समयमा गोल गरेपछि नर्वेले लक्जेमवर्गलाई १–० ले पराजित गरेको छ । अजरवैजानले बेलारुसलाई २–१ ले पराजित गर्दा बोस्निया एन्ड हर्जगोभिना र मोन्टेनेग्रोले गोलरहित बराबरी खेलेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.