default_image

3 years ago

June 3, 2021

ताइपेइविरुद्ध नेपालको सम्भावित ११

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तथा एसिया कप छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा बिहीबार नेपालले चाइनिज ताइपेइको सामना गर्दैछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि यो औपचारिक प्रतियोगितामा पहिलो खेल हो । झन्डै दुई साता अलमुताइरीको नेतृत्वमा प्रशिक्षण गरेको नेपाली टोलीले गत साता इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । अन्जन विष्ट र मनिष डाँगीले गोल […]

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तथा एसिया कप छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा बिहीबार नेपालले चाइनिज ताइपेइको सामना गर्दैछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि यो औपचारिक प्रतियोगितामा पहिलो खेल हो ।

झन्डै दुई साता अलमुताइरीको नेतृत्वमा प्रशिक्षण गरेको नेपाली टोलीले गत साता इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । अन्जन विष्ट र मनिष डाँगीले गोल गरेको खेलमा नेपाली टोली इराकसँग ६–२ ले पराजित भएको थियो । त्यो मैत्रीपूर्ण खेल थियो । इराक जस्तो बलियो टोलीसँग खेलाउँदा उनले आफ्नो टोलीको परिक्षण गर्ने मौका पाएका छन् ।

प्रशिक्षक अलमुताइरीले इराकविरुद्ध खेलबाट टोलीमा केहि परिवर्तन गर्न सक्छन् । इराकविरुद्ध दोस्रो हाफमा ६ परिवर्तन गरेका उनले आफूले प्रयोग गर्ने सबै खेलाडीको प्रदर्शन हेरिसकेका छन् । गोलरक्षक किरणका लागि पछिल्लो खेल बिर्सनलायक रहेपनि उनले नै टोलीको नेतृत्व गर्नेछन् । सेन्टर डिफेन्समा रोहित चन्द र अनन्त तामाङकै जोडीले निरन्तरता पाउनेछ ।

लेफ्ट ब्याकमा सुमन अर्यालको विकल्प देखिन्न । डेब्युमा नै राम्रो प्रदर्शन गरेका गौतम श्रेष्ठले दीनेश राजवंशीभन्दा अघि रहेर सुरुवात गर्ने देखिन्छ । मिडफिल्डमा पुजन उपरकोटीलाई सन्तोष तामाङ र सुमन लामाले साथ दिएका थिए । दोस्रो हाफमा विशाल राई र एरिक विष्ट मैदान छिरेका थिए । पछिल्लो खेलमा चोट बोक्दै मैदान छाडेका सुमनको स्थानमा विशालले खेल्ने सम्भावना छ ।

आक्रमणमा अन्जन विष्ट र मनिष डाँगीको स्थान पक्का जस्तै छ । नवयुग श्रेष्ठले पछिल्लो खेलमा केहि तल झरेर खेलेका थिए । प्रशिक्षक मुताइरीले चाहेमा मनिष वा अन्जनलाई आक्रमणमा जोड दिएर विंगरको रुपमा सुमनलाई खेलाउन सक्छन् । सुनिल बल पनि विंग पोजिसनका लागी दाबेदार हुन् ।

यो पनि : ताइपेइलाई हराएको खेल र अहिलेको परिवर्तन

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.