default_image

3 years ago

June 3, 2021

इन्झागी इन्टर मिलानको मुख्य प्रशिक्षक नियुक्त

एजेन्सी – इटालियन च्याम्पियन इन्टर मिलानले सिमोन इन्झागीलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । इन्टर मिलानलाई च्याम्पियन बनाएपछि एन्टेनियो कोन्टेले प्रशिक्षक पदबाट राजीनामा दिएपछि क्लबले उनको स्थानमा इन्झागीलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । इन्टरले इन्झागीलाई दुई वर्षको लागि क्लबको मुख्य प्रशिक्षक बनाएको हो । उनी सन् २०२३ को अन्त्यसम्म सान सिरोमा रहनेछन् […]

107 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन इन्टर मिलानले सिमोन इन्झागीलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । इन्टर मिलानलाई च्याम्पियन बनाएपछि एन्टेनियो कोन्टेले प्रशिक्षक पदबाट राजीनामा दिएपछि क्लबले उनको स्थानमा इन्झागीलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

इन्टरले इन्झागीलाई दुई वर्षको लागि क्लबको मुख्य प्रशिक्षक बनाएको हो । उनी सन् २०२३ को अन्त्यसम्म सान सिरोमा रहनेछन् । यसअघि उनी इटालियन क्लब लाजियोमा रहेका थिए । इन्झागी २०१६ देखि लाजियोका प्रशिक्षक रहेका थिए । अब ४५ वर्षीय इटालियन प्रशिक्षक इन्झागी इन्टर मिलानको डगआउटमा हुनेछन् ।

क्लबको आधिकारिक वेवसाइटमा मिलानको प्रशिक्षकको रुपमा ईन्झागीलाई २ वर्षको लागि अनुबन्ध गरिएको उल्लेख छ । इन्झागीले लाजियोको सीमित बजेटका बावजुत टोलीलाई आफ्नो प्रशिक्षण कालमा तीन उपाधि जिताएका थिए । क्लबले स्टेफानो पिओलीलाई २०१६ मा बर्खास्त गरेपछि उनी लाजियोको अन्तरिम प्रशिक्षक बनेका थिए ।

त्यसपछि मार्सेलो बिएल्सा टोलीको मुख्य प्रशिक्षक बनेका थिए । मुख्य प्रशिक्षक बनेको दुई दिनमै उनले आफ्नो आन्तरिक कारण देखाउँदै टोलीबाट बाििरएपछि लाजियोले उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको थियो । लाजियोकै पुर्व खेलाडी रहेका उनको प्रशिक्षणमा लाजियोले २०१७ र २०१९ मा सुपर कोपा इटालिया र २०१८–१९ को सिजनमा कोपा इटालियाको उपाधि जितेको थियो ।

उनकै प्रशिक्षणमा लाजियो १३ वर्षपछि अर्थात २००१ पछि च्याम्पियन्स लिगलाई छनोट हुदा पहिलोपटक च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलम पुग्न सफल भएको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.